गृहपृष्ठ नारायणी नमुना माविलाई वृज सिमेन्टको फुटबल सामग्री

नारायणी नमुना माविलाई वृज सिमेन्टको फुटबल सामग्री

brij-cement-newskarobar

पुष्पतारा केडिया सेवा संस्थाको आयोजित एवं वृज सिमेन्ट इन्डस्ट्रिजद्वारा प्रायोजन गरिएको फुटबल सामग्री चितवनको नारायणी नमुना माविलाई हस्तान्तरण गरिएको छ । एक कार्यक्रमबीच भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले विद्यालयलाई सामग्री हस्तान्तरण गरेकी हुन् ।

खेलकुदको माध्यमबाट विद्यार्थीको मानसिक, शारीरिक र बौद्धिक विकासमा सकारात्मक प्रभाव पार्ने प्रमुख दाहालले बताइन् । विद्यालयमा करिब ३ हजार विद्यार्थी अध्ययनरत छन् । निजी क्षेत्रको सहयोगले खेलकुदमा लाग्ने युवालाई हौसला मिल्ने विद्यालयले जनाएको छ ।

प्रकाशित समय १३:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु