गृहपृष्ठ गण्डकी विकास बैंकका ग्राहकलार्इ ग्रान्डी हस्पिटलमा छुट
गण्डकी विकास बैंकका ग्राहकलार्इ ग्रान्डी हस्पिटलमा छुट

गण्डकी विकास बैंकका ग्राहकले काठमाडौंको ग्रान्डी इन्टरनेसनल हस्पिटलको उपचार खर्चमा छुट पाउने भएका छन् । सो सम्बन्धी सम्झौतामा गण्डकी विकास बैंक र ग्रान्डी इन्टरनेसनल हस्पिटलबीच बिहीबार हस्ताक्षर भएको छ ।
सम्झौता पत्रमा गण्डकी विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत समिरशेखर बज्राचार्य र ग्रान्डीका मार्केटिङ बिजनेस डेभलपमेन्ट विभाग प्रमुख प्रतीक तिवारीले हस्ताक्षर गरे । सम्झौताअनुसार बैंकका एटीएम होल्डर ग्राहक र ग्राहकका परिवारले भ्यालिड एटीएम कार्ड लिई गएमा उपचार खर्चमा छुट पाउनेछन् ।
प्रकाशित समय १४:०२ बजे