गृहपृष्ठ साताभरमा ९ अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट

साताभरमा ९ अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट

नेप्से-nepse-newskarobar

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक यो साता सामान्य अंकले बढे पनि कारोबार रकममा भने गिरावट आएको छ । साताभरमा नेप्से परिसूचक ९.५४ अंकले बढेर ११ सय ९१.२ अंकमा पुगेको हो । कारोबार रकम भने गत साताको तुलनामा करिब ४० करोडले घटेको छ । गत साता एक अर्ब ४५ करोड ५१ लाखको सेयर किनबेच भएको बजारमा यो साता एक अर्ब पाँच करोड ६२ लाखको मात्र कारोबार भएको हो । कारोबार रकम गत साताको भन्दा २७.४१ प्रतिशत कम हो ।

साताभरमा ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा २.१० अंकले बढेर २५०.९६ अंकमा आइपुगेको छ । कारोबार रकम पाँच करोड ३० लाख ३० हजार रुपैयाँका आधारमा नविल बैंक अग्रस्थानमा छ भने नेपाल इन्भेस्टमेन्ट बैंकको तीन करोड ८८ लाखको सेयर कारोबार भएको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या एक लाख ३७ हजार कित्ताको आधारमा मेगा बैंक नेपाल अगाडि छ । कारोबार संख्या ७४५ वटाको आधारमा रैरङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी अग्रस्थानमा छ ।

यो साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यो साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

प्रकाशित समय १७:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु