गृहपृष्ठ गरिमा विकास बैंकका चार नयाँ शाखा स्थापना

गरिमा विकास बैंकका चार नयाँ शाखा स्थापना

Garima-Bank-newskarobar

गरिमा विकास बैंकले चार नयाँ शाखा स्थापना गरेको छ । बैंकले शुक्रबार सुर्खेतको वीरेन्द्रनगर, बाँकेको चप्परगौडी, लमजुङको बेँसीसहर र नुवाकोटको बट्टारमा स्थापना गरेको शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको हो ।

वीरेन्द्रनगर शाखा कार्यालयको वीरेन्द्रनगर नगरपालिका प्रमुख देवकुमार सुवेदीले, चप्परगौडी शाखा कार्यालयको नेपाल राष्ट्र बैंक नेपालगन्ज कार्यालयका नायव निर्देशक नारायण पोखरेलले, बेँसीसहर शाखा कार्यालयको बेँसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले र बट्टार शाखा कार्यालयको विदुर नगरपालिका प्रमुख सञ्जु पण्डितले उद्घाटन गरेका छन् ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकको हाल काठमाडौं उपत्यकामा आठसहित देशभर ७२ शाखा र १८ वटा एटीएम सञ्चालनमा छन् ।

प्रकाशित समय १७:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु