गृहपृष्ठ पोखरामा एनआईसी एसिया बैंक

पोखरामा एनआईसी एसिया बैंक

काठमाडौं- एनआईसी एसिया बैंकले पोखरामा शाखा विस्तार गरेको छ । बैंकले पोखराको लेखनाथ महानगरपालिका ६ कास्कीस्थित लेकसाइडमा शाखा विस्तार गरेको हो ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले सो शाखाको उद्घाटन गर्दै नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको अभियानमा साथ दिएकोमा एनआईसी एसियालाई बधाई ज्ञापन गरे । बैंकले २१० शाखा कार्यालय र २ सय एटीएम ६ वटा एक्स्टेन्सन काउन्टर एवं ६ शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आइरहेको छ । बैंकको वासलातको आकार १ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । बैंकको कुल कर्जा करिब १ अर्ब १० करोड रुपैयाँ र कुल निक्षेप करिब १ अर्ब ३४ करोड रुपैयाँ रहेको छ ।

प्रकाशित समय ०८:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु