गृहपृष्ठ एमाले-माओवादी पार्टी एकता आज: एकताको लागि दिनभर नेताहरु व्यस्त, साँझ ५ बजे एकता सार्वजनिक

एमाले-माओवादी पार्टी एकता आज: एकताको लागि दिनभर नेताहरु व्यस्त, साँझ ५ बजे एकता सार्वजनिक

काठमाडौं- पार्टी एकताको सन्देश दिन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिले ८ बजे बल्खु मा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पार्टी एकतापछि बन्ने नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति ४४१ सदस्यीय बनाउन विषयमा बुधबार नै सहमति भैरहेको छ ।
एकतापछिको पार्टीमा एमालेको तर्फबाट २४१ र माओवादीबाट २०० जना हुनेछन् । एकताका लागि गठन भएको कार्यदलले भने केन्द्रीय कमिटि २९९ बनाउन प्रस्ताव गरेको थियो । त्यसमा माओवादीले ५०/५० प्रतिशतको भागबण्डा गनुएपर्ने अडान राख्दै आएको थियो भने एमालेले ७०/३० प्रतिशतमा भागबण्डा हुने बताएको थियो ।
लामो विवादपछि दुई पार्टीविच एकता निश्ति भएको हो । आज नै पार्टी एकता गर्ने र निर्वाचन आयोगमा समेत पार्टी दर्ता गर्ने कार्यक्रम दुबै दलका नेताले तय गरेका छन् ।
आज ८ बजे बल्खुमा दुबै नेताले सम्बोधन गरेपछि १० बजे बालुवाटारमा संयुक्तरुपमा विरुवा रोपेर पार्टी एकताको सन्देश दिने कार्यक्रम रहेको छ । त्यसपछि साढे १० बजे बालुवाटारमा नै पार्टी एकता संयोजन समितिको बैठक बस्नेछ । स
संयोजन समितिको बैठकपछि १ बजे दुबै दलका आ–आफ्नो दलको बैठक बसी पार्टी विघटनको निर्णय गर्ने कार्यक्रम तय भएको छ । दुबै दलले केन्द्रीय समितिमा जाने नेताहरुको नामो टुंगोसमेत बैठकमा लगाउनेछन् ।
दुबै पार्टीबाट केन्द्रीय सदस्य बन्नेहरुको नामावलीसहति पुनः दिउँसो ३ बजे बालुवाटारमा जम्मा हुनेछन् । वालुवाटारमा जम्मा भएपछि दुबै दलको नेताहरु पार्टी दर्ताका अपरान्ह ४ बजे निर्वाचन आयोगमा पुग्नेछन् । उनीहरुले निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी दर्ता गर्नेछन् । त्यसपछि साँझ ५ बजे पत्रकार सम्मेलन गरेर पार्टी एकता भएको सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ ।
पार्टी एकतापछि पोलिटब्यूरो तत्काल नबन्ने भएको छ । स्थायी कमिटी ४३ सदस्यीय बन्ने छ । जसमा एमालेबाट २५ र माओवादीबाट १८ जना रहनेछन् । दुई पार्टीको सहमति अनुसार एकतापछि पार्टीको चुनाव चिन्ह सूर्य नै रहने भएको छ ।
केन्द्रीय कमिटी र स्थायी कमिटी मिलाउँदा एमालेका हालका नेताहरु घटुवा हुने छैनन् भने माओवादीमा नेताहरु छान्न मुस्किल छ । माओवादीको बुधबार बसेको बैठकले केन्द्रीय सदस्य छान्ने जिम्मा पार्टीका तीन नेतालाई दिएको छ । यसबारे निर्णय गर्ने अधिकार पुष्पकमलव दाहाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई दिइएको छ ।


 

प्रकाशित समय ०७:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु