गृहपृष्ठ सोलुखुम्बुको लुक्लामा सिद्धार्थ बैंकको एटिएमसहित शाखा स्थापना

सोलुखुम्बुको लुक्लामा सिद्धार्थ बैंकको एटिएमसहित शाखा स्थापना

siddhartha-bank-newskarobar

सोलुखुम्बुको लुक्लास्थित खुम्बु पासाङल्हामु गाउँपालिकामा सिद्धार्थ बैंकले शाखा स्थापना गरेको छ । सगरमाथाको आरोहण गर्न आउने पर्यटकलाई लक्षित गरी सिद्धार्थ बैंकले लुक्लामा शाखा स्थापना गरेको जनाएको छ ।

त्यस्तै, बैंकको एटिएम र पिओएसमा मास्टरकार्ड र भिसा कार्डहरुबाट सजिलै कारोबार गर्न सकिने बैंकले जनाएको छ । साथै, बैंकिङ प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधा ल्याएको छ ।

नयाँ शाखासँगै देशभर सिद्धार्थ बैंकका १४९ शाखा (४ एक्स्टेन्सन काउन्टरसहित), ९९ शाखारहित बैंकिङ सेवा र १६० एटिएम सञ्चालनमा छन् ।

प्रकाशित समय २१:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु