गृहपृष्ठ सिभिल बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता
सिभिल बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता
सिभिल बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच विप्रेषण कारोबारसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र भाटभटेनी मनी ट्रान्सफरका प्रबन्ध निर्देशक राजनकुमार अमात्यले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार भाटभटेनी ग्रुपद्धारा प्रवर्धित भाटभटेनी मनी ट्रान्सफरको विप्रेषण सेवा सिभिल बैंकका ७२ वटै शाखाबाट लिन सकिनेछ । साथै, यो सेवा नेपालभर रहेका भाटभटेनी सुपर मार्केटमा विस्तार गर्ने तयारी रहेको निर्देशक अमात्यले जानकारी दिए ।
प्रकाशित समय २१:२४ बजे

















