गृहपृष्ठ कालिमाटीमा प्रभु बैंकको एक्स्टेन्सन काउन्टर
कालिमाटीमा प्रभु बैंकको एक्स्टेन्सन काउन्टर
प्रभु बैंकले कालिमाटी फलफूल तथा तरकारी बजारमा कालिमाटी शाखा कार्यालयको एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । नयाँ काउन्टरको शुक्रबार कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले उद्घाटन गरे ।
बैंकले कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा आबद्ध कृषि तथा फलफूल व्यवसायीसँग प्रत्यक्ष सम्पर्क स्थापित गरी बैंकिङ पहुँच विस्तार गर्न तथा कृषिक्षेत्रको विकास एवं प्रवर्धन तथा बजारीकरणमा प्रत्यक्ष टेवा पुग्ने गरी अत्याधुनिक एवं गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको विज्ञप्तिमार्फत जनाएको छ ।
कृषिक्षेत्रको विकास तथा कृषि व्यवसायमा संलग्न भई विपन्न आर्थिक जीवन व्यतीत गरिरहेका कृषकको आर्थिकस्तर उकास्न सहज होस् भन्ने उद्देश्यले बैंकले कृषि कर्जा शीर्षकअन्तर्गत छुट्टै कर्जा योजना तयार गरी प्राथमिकताका साथ कर्जा लगानी गरिरहेको छ । यसअन्तर्गत बैंकले अन्नबाली, तरकारी बाली, चिया/कफी, फलफूल तथा पुष्पखेती, पशुपालन/पशु बधशाला, माहुरी पालन, सिँचाइ, माछापालन, शीत भण्डारलगायतका क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा उल्लेख्य कर्जा लगानी गरिरहेको बैंकले जनाएको छ ।
प्रकाशित समय १५:२६ बजे

















