गृहपृष्ठ नेपालीहरूको आय १०३४ डलर

नेपालीहरूको आय १०३४ डलर

आर्थिक वृद्धिदर ६.८ प्रतिशतमात्रै

Per Capita Income 2019_NewsKarobar

नेपालीहरूको प्रतिव्यक्ति आय १०३४ अमेरिकी डलर पुगेको छ । केन्द्रीय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको यस वर्षको आर्थिक तथ्यांकअनुसार नेपालीहरूको प्रतिव्यक्ति आय गत आर्थिक वर्षको भन्दा ३६ डलरले बढेको हो । गत आर्थिक वर्षमा नेपालीहरूको प्रतिव्यक्ति आय ९९८ डलर रहेको थियो ।
नेपाली पैसा नेपालीहरूको आय १ लाख १७ हजार ४५५ रुपैयाँ पुगेको छ । यो गत वर्षको भन्दा १२.७७ प्रतिशतले बढेको हो । गत वर्ष नेपालीहरूको आय १ लाख ४ हजार १५२ रुपैयाँ थियो ।
देशको अर्थतन्त्रको आकार गत वर्षको भन्दा ६.८१ प्रतिशतले बढेर ३४ खर्ब ६४ अर्ब रुपैयाँबराबर पुगेपछि नेपालीहरूको प्रतिव्यक्ति आयमा पनि उल्लेख्य वृद्धि भएको हो । आर्थिक वृद्धिदर भने सरकारको अपेक्षाका विपरीत सुस्त ढंगले मात्रै बढेको छ । गत वर्षको आर्थिक वृद्धिदर ६.३ प्रतिशत रहेकोमा यस वर्षको वृद्धिदर ६.८ प्रतिशतमात्रै छ ।
कृषि क्षेत्रमा भएको निकै राम्रो सुधारका कारण आर्थिक वृद्धिदर यो अवस्थामा रहेको तथ्यांक विभागले जानकारी दिएको छ । विभागका अनुसार यस वर्ष कृषि क्षेत्रको वृद्धिदर ५.१ प्रतिशत रह्यो भने औद्योगिक क्षेत्रको वृद्धिदर ८.१ प्रतिशत रह्यो । यस्तै सेवा क्षेत्रको वृद्धिदर ७.३ प्रतिशत रह्यो ।
अर्थतन्त्रको आकार बढे पनि देशको राष्ट्रिय उपभोग भने घटेको छ । गत वर्ष कुल राष्ट्रिय उत्पादनको ८२ दशमलव १९ प्रतिशतमा रहेको कुल राष्ट्रिय उपभोग यस वर्ष ७९ दशमलव ५२ प्रतिशतमा झरेको छ । उपभोग घट्दा कुल राष्ट्रिय बचतमा वृद्धि हुन्छ । यस वर्ष कुल राष्ट्रिय बचत २० दशमलव ४८ प्रतिशत पुगेको छ ।

कृषिको योगदान घट्यो
तथ्यांक विभागका अनुसार यस वर्ष कुल गार्हस्थ्य उत्पादनमा कृगिाको योगदान २७.५९ प्रतिशतमा झरेको छ, गत वर्ष कृषिको योगदान २८.६७ प्रतिशत थियो । सेवा क्षेत्रको योगदान ५७.८१ प्रतिशत पुगेको छ भने औद्योगिक क्षेत्रको योगदान १४.६ प्रतिशतमा स्थिर छ ।

प्रकाशित समय १६:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु