गृहपृष्ठ बागमती प्रदेशलाई ग्लोबल आइएमई बैंकको १० लाख सहयोग

बागमती प्रदेशलाई ग्लोबल आइएमई बैंकको १० लाख सहयोग

ग्लोबल आइएमई बैंकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि बागमती प्रदेश सरकारलाई १० लाख रुपैयाँ सहयोग गरेको छ । आइतबार एक कार्यक्रमबीच बैंकका शाखा प्रबन्धकहरु नारायणप्रसाद पौडल, लक्ष्मण पौडल र दिपेन्द्र थापाले संयुक्त रुपमा बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेललाई चेक हस्तान्तरण गरे ।

कोभिड १९ ले विश्व समुदायलाई त्रसित बनाइरहेका बेला नेपाल र नेपाली उच्च जोखिममा रहेको यस घडीमा बैंकको सहयोगबाट भाइरसविरुद्ध लड्न सहयोग हुने बैंकको विश्वास छ । ग्लोबल आइएमई बैंकले आइतबार पनि प्रदेश १ सरकारलाई १० लाख रुपैयाँ सहयोग गरेको थियो ।

प्रकाशित समय २२:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु