गृहपृष्ठ सेञ्चुरी बैंकको नाफामा ३३ प्रतिशतको वृद्धि
सेञ्चुरी बैंकको नाफामा ३३ प्रतिशतको वृद्धि
सेञ्चुरी कमर्सियल बैंकको अघिल्लो वर्षको तुलनामा गत वृर्ष ३३ प्रतिशतले नाफा बढाएको छ । प्रतिकूल अवस्थामा पनि बैंकको नाफा बढेको हो । बैंकले गत वर्षको चौथो त्रैमाससम्म ९० करोड ६३ लाख २३ हजार रुपैयाँ खुद नाफा गरेको छ । गत आवमा बैंकको नाफा ६७ करोड ६४ लाख ८ हजार रुपैयाँ थियो ।
शुक्रबार जारी गत वर्षको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको खुद ब्याज आम्दानी खर्च घटेको र आम्दानी बढेका कारण खुद नाफा पनि बढेको हो । गत आवमा बैंकले २ अर्ब ८६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने १ अर्ब २२ करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ । बैंकको खुद ब्याज आम्दानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा २६ करोड ९९ लाख रुपैयाँले बढी हो ।
कुल चुक्ता पुँजी ८ अर्ब ४१ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १ अर्ब ५३ करोड ५१ लाख रुपैयाँ छ । सेन्चुरी बैंकको प्रतिसेयर आम्दानी आठ रुपैयाँ ०४ पैसा छ । निष्क्रिय कर्जा अनुपात भने १.४ प्रतिशतबाट बढेर २.२१ पुगेको छ । असार मसान्तसम्ममा बैंकको बेस रेट ९.३८ प्रतिशत र स्प्रेड रेट ३.३८ प्रतिशत छ ।
प्रकाशित समय १७:०० बजे

















