गृहपृष्ठ एनआइसी एसिया बैंकको मोबाइल बैंकिङ र कार्डबाट बुवालाई उपहार किन्दा छुट

एनआइसी एसिया बैंकको मोबाइल बैंकिङ र कार्डबाट बुवालाई उपहार किन्दा छुट

nic-asia-bank-newskarobar

देशभर फैलिएका शाखा तथा सञ्जालमार्फत एनआइसी एसिया बैंक आफ्ना ग्राहकलाई उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको छ । समयअनुरुप ग्राहकमैत्री योजनाहरू ल्याउने क्रममा यस वर्षको कुशे औंसी अर्थात बुबाको मुख हेर्ने दिनलाई लक्षित गरी बुबालाई उपहार किन्दा आकर्षक ३० प्रतिशतसम्म छुटको योजना ल्याएको छ ।

हरेक वर्ष कुशे औंसीको दिन देशभर आफ्ना बाबुलाई मनपर्ने परिकार, कपडा वा बाबुलाई मनपर्ने सामग्री उपहार दिएर आफ्ना पिताको सम्मानमा यो चाड मनाउने गरिन्छ । आफ्नो इच्छा र चाहनाको ख्याल नगरी छोराछोरीको लागि पसिना बगाउने बुबाहरू उनीहरूका लागि प्रेरणाका स्रोत हुन् भन्ने मान्यताअनुरुप उनै बाबुहरूलाई सम्मान गर्नका लागि यस बैंकले आफ्नो उत्तरदायित्व बहन गर्दै आफ्ना ग्राहकलाई बुबाको मुख हेर्ने दिन विभिन्न सामग्रीहरू खरिद गर्नका लागि देशका विभिन्न १४ वटा मर्चेन्टहरूसँग समझदारी गरी ३० प्रतिशतसम्म छुट योजना ल्याएको हो ।

ग्राहकले उक्त विशेष दिनमा सामग्री खरिद गरी यस बैंकको मोबाइल बैंकिङ र कार्ड (डेबिट तथा क्रेडिट) बाट कारोबार रकम भुक्तानी गर्दा उक्त छुट प्राप्त गर्न सक्नेछन् । बैंकसँग सो अवधिमा आवद्ध भएका विभिन्न १४ वटा मर्चेन्टहरूमार्फत विभिन्न इलेक्ट्रोनिक समाग्रीहरू, कपडा, केक, मिठाइ लगायतका सामग्रीहरू उक्त छुटमा खरिद गर्न सक्ने बताइएको छ ।

यस बैंकका मोबाइल बैंकिङ र कार्ड (डेबिट तथा क्रेडिट) CG Digital, LG Lifestyle Shoppe, Hotel Radission, Triveni Group, 8 Degrees, KTM City (ANTA Models), Palsonic, Siddhartha Café (Siddhartha Group), Krishna Pauraoti (Krishna Bakery), Eco Infinity (NIU), Beyond Breads, The Crust Bakery, Hamro Kart, Hotstone Pizzeria र TatoMitho सँग उक्त सामग्रीहरू खरिद गर्दा लागत मूल्यको ३० प्रतिशतसम्म छुट उपलब्ध गराउने गरी बैंकले समझदारी गरेको छ ।

डिजिटल बैंकिङ क्षेत्रमा अग्रणी स्थानमा रही नविनतम प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको यस बैंकले कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न नगद रकम कारोबारको सट्टा डिजिटल कारोबारको माध्यम प्रयोग गर्न वान्छनीय रहेको महसुस गर्दै आफ्ना ग्राहकलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न यस्ता योजना ल्याउदै आएको छ ।

यसै क्रममा बैंकले आफ्ना मोबाइल बैंकिङ वा कार्ड (डेबिट/क्रेडिट) प्रयोगकर्ताहरूलाई देशभरका २५ सय वटाभन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोरलगायतमा सेवा लिई लागत रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ ।

प्रकाशित समय १६:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु