गृहपृष्ठ एनआइसी एशिया बैंकमा भाखा नाघेका कर्जाको छुट ब्याजदर कायम गर्न ९ दिन बाँकी
एनआइसी एशिया बैंकमा भाखा नाघेका कर्जाको छुट ब्याजदर कायम गर्न ९ दिन बाँकी
एनआइसी एशिया बैंकले कोरोनाभाइरस (कोभिड- १९)बाट आफ्ना ऋणीहरूमा परेको असर न्यूनीकरण गर्न २०७७ साउन मसान्तसम्म ३ महिना वा बढीले बक्यौताको भाखा नाघेका कर्जाहरूको २०७७ असोज मसान्तसम्मको साँवा तथा ब्याज रकम सोही मसान्तभित्र चुक्ता भुक्तान गरेमा साविकको ब्याजदरलाई घटाई १ कात्तिक २०७७ देखि लागू हुनेगरी ८.९९ प्रतिशत ब्याजदर कायम गरिने योजना ल्याएको छ ।
यस योजनाअनुसार १ करोडको कर्जा वार्षिक १२ प्रतिशत ब्याजदरमा उपभोग गरिरहेका ग्राहकले एक वर्षमा ३ लाख रकम बराबरको लाभ लिन सक्नेछ । यस योजनामा सहभागी हुन अब मात्र ९ दिन बाँकी रहेको हुँदा समयमै मौकाको फाइदा उठाउन बैंकले अनुरोध गरेको छ ।
‘एनआइसी एशिया बैंकबाट मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि कर्जा उपभोग गरिरहेका सम्पूर्ण योग्य ग्राहकहरूले यस योजनामा सहभागी भई समयमै लाभ उठाउन नछुट्नुहोला,’ बैंकको अनुरोध छ ।
गत आर्थिक वर्ष २०७६/७७ को वैशाख, जेठ र असारमा ल्याएको ऐतिहासिक कर्जाको ब्याज सहुलियतसम्बन्धी योजनाबाट बैंकका करिब ८० प्रतिशत (करिब ३५ हजार) ऋणीहरूले करिब ३ अर्ब रुपैयाँ बराबरको वार्षिक ब्याजदर सहुलियत प्राप्त गरेको बैंकले उल्लेख गरेको छ । हाल बैंकले असोज महिनामा ल्याएको कर्जाको ब्याजदर सहुलियत योजनाबाट कोरोनाभाइरसले आक्रान्त यस विषम परिस्थितिपश्चात् ग्राहक महानुभावहरूको वित्तीय भार कम गर्न मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं सवलीकरणमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।
बैंकले मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६९ एटीएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले आफ्नो ग्राहक संख्या २२ लाखभन्दा बढी रहेको जनाएको छ ।
प्रकाशित समय १६:१८ बजे

















