गृहपृष्ठ नेपाल इन्भेष्टमेण्ट बैंकमा गाभियो सिटी एक्सप्रेस फाइनान्स

नेपाल इन्भेष्टमेण्ट बैंकमा गाभियो सिटी एक्सप्रेस फाइनान्स

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गर्ने प्रयोजनको लागि बैंकको दरबारमार्गस्थित केन्द्रीय कार्यालयमा बुधबार विशेष साधारण सभा सम्पन्न गरेको छ । स्वास्थ्य मापदण्डको पालना गर्दै बैंकले भर्चुअल माध्यमबाट साधारण सभा सम्पन्न गरेको हो ।

सभाबाट सिटी एक्सप्रेस फाइनान्स कम्पनीलाई १००:३० अर्थात् सिटी एक्सप्रेस फाइनान्स कम्पनीको १०० कित्ता सेयरबापत नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको ३० कित्ता सेयर दिने सेयर स्वाप अनुपातमा सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई बैंकमा गाभ्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको छ । ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको सिटी एक्सप्रेस फाइनान्सलाई गाभ्ने प्रक्रिया सम्पन्न भएपछि नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पूँजी १४.३७ अर्ब हुनेछ र प्रवद्र्धकहरुको सेयर स्वामित्व ६८.४८ प्रतिशत हुनेछ भने सर्वसाधारणहरु सेयर स्वामित्व ३१.५२ प्रतिशत हुनेछ ।

बैंकले हाल ८३ वटा शाखा, १२५ वटा एटीएम, १७ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरबाट सेवा दिइरहेको छ । पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको इन्भेष्टमेण्ट बैंक अन्तर्राष्ट्रिय प्रकाशन- युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी-नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।

प्रकाशित समय १५:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु