गृहपृष्ठ मुक्तिनाथ विकास बैंक र संगम स्वीट्सबीच व्यवसायिक सम्झौता

मुक्तिनाथ विकास बैंक र संगम स्वीट्सबीच व्यवसायिक सम्झौता

muktinath-newskarobar

मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेविट कार्डवाहक ग्राहकहरुलाई संगम स्वीट्सको काठमाडौंस्थित आउटलेटहरुबाट सेवा लिदा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । यस सम्झौतापश्चात् मुक्तिनाथ विकास बैंकका भिसा डेविट कार्डवाहक ग्राहकहरुले संगम स्वीट्सको काठमाडौंस्थित आउटलेटहरुबाट १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

यसरी विभिन्न संस्थासंग हातेमालो गर्दै कोभिड १९ को संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ र क्यासलेस कारोबार बढाउने कार्यमा उल्लेखित सम्झौताहरुले थप प्रोत्साहन गर्ने अपेक्षा बैंकले लिएको छ । साथै बैंकको ग्राहकले भिसा नेटवर्कअन्तर्गत जुन सुकै बैंकको एटीएमबाट बिना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएकोसमेत बैंकले जनाएको छ ।

प्रकाशित समय १६:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु