गृहपृष्ठ माछापुच्छ्रे बैंक र तीन होटलबीच सम्झौता

माछापुच्छ्रे बैंक र तीन होटलबीच सम्झौता

माछापुच्छ्रे बैंक र चितवनका तीनवटा होटलबीच व्यावसायिक सम्झौता भएको छ । बैंक र भरतपुरका ल्यान्डमार्क होटल, रिसोर्ट एन्ड स्पा र द फर्न रेसिडेन्सीबीच सम्झौता भएको हो ।

सम्झौताअनुसार माछापुच्छ्रे बैंकका ग्राहकले दुईवटै तारे होटलको खाना र पेय पदार्थमा १५ प्रतिशतसम्म छुट पाउनेछन् भने ल्यान्डमार्क होटल, रिसोर्ट एन्ड स्पा (काठमाडौँ, चितवन र पोखरा) बसाइमा ३५ प्रतिशत तथा विशेष प्याकेजहरुमा ५ प्रतिशतसम्म छुट पाउनेछन् । बैंकका ग्राहकले उक्त छुट, बैंकको डेबिट‑क्रेडिट कार्ड तथा क्युआर प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।

यसैगरी माछापुच्छ्रे बैंक र नगरकोटको प्रसिद्ध होटल क्लब हिमालयनसँग पनि सम्झौता गरेको छ । सम्झौताअनुसार माछापुच्छ्रे बैँकका ग्राहकले क्लब हिमालयन फुड एन्ड बेभरेजमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकले देशभरका विभिन्न संघसंस्था तथा व्यापार–व्यवसायसँग सम्झौता गरी ग्राहकलाई आकर्षक छुट प्रदान गर्दै आएको छ । माछापुच्छ्रे बैँकले देशभरका १६० शाखा, १३३ शाखारहित बैँकिङ सेवा र १९८ एटीएमबाट सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित समय १९:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु