गृहपृष्ठ गुल्मीका कृषकलाई ग्लोबल आइएमई बैँकको सहुलियत कर्जा, हेफर इन्टरनेसनलको तालिम
गुल्मीका कृषकलाई ग्लोबल आइएमई बैँकको सहुलियत कर्जा, हेफर इन्टरनेसनलको तालिम
ग्लोबल आइएमई बैँक र हेफर इन्टरनेसनल नेपालबीच कृषि अनुदान कर्जामा साना किसानको पहुँच बढाउने उद्देश्य पूरा गर्ने विषयमा सम्झौता भएको छ । सम्झौता पत्रमा बैँकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र हेफरका राष्ट्रिय निर्देशक डा. शुभनारायण महतोले हस्ताक्षर गरेका छन् ।
समझदारीअनुसार ग्लोबल आइएमई बैँकले गुल्मीमा बाख्रापालन, डेरी, तरकारीखेती, कुखुरापालन, बंगुरपालन, माछापालन तथा फलफूलखेती गरिरहेका कृषकलाई स्थानीय सहकारीको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने छ भने हेफरले सहकारीको सिफारिसमा आवश्यक तालिमको प्रदान गर्नेछ । सहमतिले गुल्मीका महिला, सीमान्तकृत तथा पुँजी अभावका कारण पछाडि परेका कृषि उद्यमीको जीवनस्तर उकास्न उल्लेख्य योगदान पु‑याउने विश्वास लिइएको छ । बैँकले बैंकिङ साक्षरता तथा सूचना प्रविधिको प्रयोग गर्न कृषकलाई प्रोत्साहन पनि गर्नेछ ।
प्रकाशित समय ०८:१४ बजे

















