गृहपृष्ठ सिटिजन्स बैँकको विशेष साधारण सभा बस्दै, यस्ता छन् विशेष प्रस्ताव
सिटिजन्स बैँकको विशेष साधारण सभा बस्दै, यस्ता छन् विशेष प्रस्ताव
सिटिजन्स बैँकले माघ १५ गतेका लागि विशेष साधारणसभा बोलाएको छ । बैँकले बिहान ११ बजे काठमाडौंको दरबारमार्गस्थित नारायणहिटी पथमा रहेको बैँकको प्रधान कार्यालयमा छैटौँ विशेष सभा बोलाएको हो ।
साधारण सभाले तिनाउ मिसन डेभलपमेन्ट बैँकलाई प्राप्ति गर्न सिटिजन्स बैँकलाई स्वीकृति दिनेछ । तिनाउको १०० कित्ता सेयरलाई सिटिजन्स बैँकको ९६ कित्ता दिने गरी स्वाप रेसियो कायम गर्ने सञ्चालक समितिको विशेष प्रस्ताव छ ।
त्यस्तै बैँकको पुँजीगत संरचनामा परिवर्तन गरी हाल कायम अधिकृत पुँजी १० अर्बलाई बढाएर १५ अर्ब रुपैयाँ पु‑याउने विशेष प्रस्ताव पनि साधारण सभामा जानेछ । बैँकले विशेष साधारण सभा प्रयोजनका लागि माघ २ गते एक दिन बुक क्लोज गर्नेछ । माघ १ गतेसम्म कायम सेयरधनी साधारण सभामा सहभागी हुन सक्नेछन् ।
प्रकाशित समय ०८:२३ बजे

















