गृहपृष्ठ माछापुच्छ्रे बैंक र सरफ एक्सचेन्जबीच रेमिट्यान्स सेवा सम्झौता
माछापुच्छ्रे बैंक र सरफ एक्सचेन्जबीच रेमिट्यान्स सेवा सम्झौता

माछापुच्छ्रे बैंकले यूएईमा रहेका नेपालीमाझ सेवा विस्तार गर्दै लैजाने क्रममा दुबईको रेमिट्यान्स कम्पनी सरफ एक्सचेन्जसँग सम्झौता गरेको छ । सम्झौता पत्रमा सरफका महाप्रबन्धक सुरेश कुमार तथा माछापुच्छ्रेका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् ।
सम्झौतासँगै दुबईमा रहेका नेपालीले सरफ एक्सचेन्जका सम्पूर्ण शाखाबाट पठाएको रकम सजिलै माछापुच्छ्रे बैंकका देशभर रहेका सम्पूर्ण शाखा तथा ७ हजारभन्दा बढी रेमिट्यान्स एजेन्टमार्फत भुक्तानी लिन सकिनेछ । देशभर माछापुच्छ्रे बैंकका १६० शाखा, १५६ शाखारहित बैँकिङ इकाइ, पाँच एक्सटेन्सन काउन्टर, १९७ एटीएम तथा २ हजारभन्दा बढी पीओएस सेवा छन् ।
प्रकाशित समय ०७:३६ बजे