गृहपृष्ठ माछापुच्छ्रे बैंकद्वारा कास्की कारागारका बन्दीलाई सहयोग

माछापुच्छ्रे बैंकद्वारा कास्की कारागारका बन्दीलाई सहयोग

machhapuchre-bank-help-newskarobar

माछापुच्छ्रे बैंकले कास्की कारागारमा शुद्ध पिउने पानीका लागि युरोगार्डसहित पानी ट्यांकी सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कास्की कारागारमा तत्काल आवश्यकताको आधारमा युरोगार्ड र पानी ट्यांकी सहयोग गरेको हो ।

एक थान युरोगार्डसहित एक हजार लिटर क्षमताका दुई थान पानी ट्यांकी कास्की कारागारका बन्दीहरुका लागि सहयोग गरेको माछापुच्छ्रे बैंकका पोखरा शाखा प्रमुख नारायण केसीले बताए । बैंकका गण्डकी प्रदेशका प्रमुख जयप्रसाद सापकोटा, पोखरा शाखा प्रमुख केसीसहितको टोलीले कास्की कारागारका प्रमुख गणेश गौतम, वन्दीतर्फका चौकिदार लक्षु गुरुङलाई सहयोग हस्तान्तरण गरेका छन् ।

बैंकका गण्डकी प्रदेश प्रमुख सापकोटाले आफ्नो क्षमताअनुसार दुर्गम, असहाय र विपन्न वर्ग तथा शिक्षा, स्वास्थ्य, खानेपानीलगायतको क्षेत्रमा सहयोग गर्दै आएको बताए । २०५७ सालमा पोखरामा स्थापना भएको माछापुच्छ्रे बैंकका हाल ८६ शाखा र एक सय ३ एटीएम मेसिन सञ्चालनमा छन् ।

प्रकाशित समय ०७:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु