गृहपृष्ठ एनआईसी एशिया बैंकको नयाँ शाखा जाजरकोटको डल्लीमा

एनआईसी एशिया बैंकको नयाँ शाखा जाजरकोटको डल्लीमा

nicasia-bank-jajarkot-newskarobar

एनआईसी एशिया बैंकले जाजरकोटको नलगाड नगरपालिका–७, डल्लीबजारमा नयाँ शाखा स्थापना गरेको छ । शाखा कार्यालयको नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले उद्घाटन गरेका छन् ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको जनाएको छ । हाल एनआईसी एशियाका देशभर २७० शाखा, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउन्टर र २२ वटा शाखारहित बैंकिङ इकाइ छन् । वासलातको आकार २१५ अर्बभन्दा बढी रहेको बैंकले करिब १४ लाख ग्राहकलाई सेवा दिइरहेको जनाएको छ ।

प्रकाशित समय १५:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु