गृहपृष्ठ एनआईसी एशिया रन फर हेल्थ प्रतियोगितामा सम्पन्न
एनआईसी एशिया रन फर हेल्थ प्रतियोगितामा सम्पन्न
एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विराटनगर प्लाटिनम राउन्ड टेबल ११ र विराटनगर लेडिज सर्कल–५ को सहकार्यमा ‘एन आईसी एशिया रन फर हेल्थ’ दौड प्रतियोगिता आयोजना गरेको छ । माघ १८ गते विराटनगरको विराटनगर–शंकरपुरस्थित जनता नमुना उच्च माविमा आयोजना गरिएको ‘एन आईसी एशिया रन फर हेल्थ’ दौड प्रतियोगितामा विराटनगरका विभिन्न कलेजहरुको सहभागिता थियो । राष्ट्रिय अर्बुदरोग निवारण दिवसको पूर्वसन्ध्यामा अर्बुद रोगको विषयमा सर्वसाधारणमा जनचेतना जगाउन सचेतनामूलक दौड कार्यक्रमको आयोजना गरिएको संयोजक विकास बेगबानीले जानकार दिए ।
पाँच किलोमिटर दूरीको सो प्रतियोगितात्मक दौडमा करिव १ हजार जना युवायुवतीले सहभागिता जनाएका थिए । सांसद मोती दुगड र विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले उद्घाटन गरेको कार्यक्रममा नायिका केकी अधिकारी र रिचा शर्माको पनि उपस्थिति थियो ।
प्रतियोगितामा छात्रतर्फ सिटि कलेज विराटनगरका सुम्रित यादव प्रथम, मेरील्यान्ड कलेजका समिर क्षेत्री दोस्रो र नगरग्राम उच्च माविका चिर्पा शेर्पा तेस्रो भए भने छात्रातर्फ अर्किड कलेजकी ज्योति त्रिताल प्रथम, सिटि कलेजकी श्रीसन घिमिरे दोस्रो र अर्किड कलेजकी रञ्जिता माझी तेस्रो भए । प्रथम, दोस्रो तथा तेस्रो हुने खेलाडीलाई पुरस्कारस्वरुप क्रमशः ३२ इन्चको टेलिभिजन, माइक्रोवेभ ओभन र भ्याकुम क्लिनर प्रदान गरिएको थियो ।
प्रकाशित समय १६:२१ बजे

















