गृहपृष्ठ भारतले नेपालमा थप्यो राजस्व गुप्तचर
भारतले नेपालमा थप्यो राजस्व गुप्तचर
सम्पत्ति शुद्धीकरणबारे नेपाली कर्मचारी भारतमा तालिम लिँदै
नेपालका हरेक क्षेत्रमा भारतीय गुप्तचर संस्था ‘रअ’का एजेन्टहरू सक्रिय छन् भन्ने सुनिँदै आइएको हो, अब भारतले औपचारिक रूपमा नै नेपालमा राजस्व गुप्तचर (कस्टम इन्टेलिजेन्स अफिसर) थपेको खुलासा भएको छ । नेपाल-भारतबीच हुँदै सम्पत्ति शुद्धीकरणका लागि धन लेनदेन बढेको भन्दै भारतले नेपाललमा राजस्व गुप्तचर थपेको हो ।
ती राजस्व गुप्तचरहरू वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावास र काठमाडाैंस्थित भारतीय राजदूतावास मातहतमा परिचालित गरिएका भारतीय समाचार संस्थाहरूले जनाएका छन् ।
भारतीय राजस्व अनुसन्धान विभाग (डीआरआइ)ले २ वर्षअघिबाट नेपालमा परिचालित गरेका ती राजस्व गुप्तचरहरूमध्ये कतिपयका म्याद पूरा भएर नेपालबाट बदलिइ सकेका जनाइएको छ ।
नेपाल र सिंगापुरसहितका देशमा राजस्व गुप्तचर परिचालनका अभ्यास सफल भएपछि भारतीय राजस्व अनुसन्धान विभागले लन्डन, दुबइ र हङकङमा यस्तै कर्मचारी परिचालनका लागि प्रक्रिया अघि बढाएको छ । ती स्थानमा परिचालन हुने राजस्व गुप्तचरका लागि आवेदन लिन थालिएको भारतीय समाचार संस्था पीटीआइले जनाएको छ ।
यसैबीच,नेपाल-भारतबीचका सम्पत्ति शुद्धीकरण नियन्त्रणका लागि हाल भारतले नेपालका सरकारी अधिकारीहरूलाई भारतमा तालिम दिइरहेको छ । कुल ६० जना नेपाली अधिकारीहरूलाई यस्तो तालिम दिइने नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ ।
अहिले भारतमा तेस्रो समूहबाट २१ जना सरकारी अधिकारीहरूले सम्पत्ति शुद्धीकरणविरुद्धको अभियानसम्बन्धि तालिम लिइरहेका छन् भने यसअघि दुई ब्याचमा प्रशिक्षण दिइसकिएको जनाइएको छ ।
प्रशिक्षणपछि सम्पत्ति शुद्धीकरण र आतंकवादमा लगानीविरुद्धका मुद्दाहरुमा प्रभाकारी ढंगले लड्न उनीहरूका क्षमता बढ्ने भारतीय दूतावासले जनाएको छ ।
प्रकाशित समय १७:१८ बजे

















