गृहपृष्ठ सिडिएससीको प्रमुख कार्यकारी अधिकृतमा पूर्ण आचार्य नियुक्त
सिडिएससीको प्रमुख कार्यकारी अधिकृतमा पूर्ण आचार्य नियुक्त
सीडीएस एन्ड क्लियरिङको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पूर्णप्रसाद आचार्य नियुक्त भएका छन् । सीडीएससी सञ्चालक समितिको सोमबार बसेको बैठकले आचार्यलाई सीइओ नियुक्त गरेको हो ।
सीडीएससीका रिक्त सीइओ पदका लागि गठित छनोट समितिले भीष्मराज चालिसे र कृष्ण गिरीसहित आचार्यको नाम सिफारिस गरेको थियो । समितिले मंगलबार सर्टलिस्टमा परेका ६ जना उम्मेदवारबाट उनीहरूको नाम सिफारिस गरेकोमा कार्यपत्र प्रस्तुतीकरणका आधारमा आचार्यलाई सिइओ छनोट गरेको हो ।
कृषि विकास बैंकमा जुनियर लेभलबाट सेवा प्रवेश गरेका आचार्यसँग जनशक्ति व्यवस्थापन विभागमा लामो समयमा काम गरेको अनुभव छ । उनले ट्रेड युनियन व्यवस्थापनदेखि कर्मचारी सरुवा बढुवामा समेत कुशलतापूर्वक भूमिका निर्वाह गरेका थिए । कृषि विकास बैंकको उपमहाप्रबन्धक पदबाट अवकाश पाएका आचार्यले त्यसअघि कामु सिइओको जिम्मेवारी पनि सम्हालेका थिए ।
सीडीएससीको तत्कालीन सीइओ देवप्रकाश गुप्ताको कार्यकाल सकिएपछि उक्त पद लामो समयदेखि खाली थियो ।
प्रकाशित समय २१:०७ बजे

















