गृहपृष्ठ दोस्रो त्रैमासिक विवरण : गत वर्षभन्दा एक अर्ब ६९ करोड माइनसमा नेपाल टेलिकम

दोस्रो त्रैमासिक विवरण : गत वर्षभन्दा एक अर्ब ६९ करोड माइनसमा नेपाल टेलिकम

नेपाल टेलिकमले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरणअनुसार सोही अवधीमा गत वर्षको भन्दा डेढ अर्ब रूपैयाँभन्दा बढी घाटा व्यहोरेको छ ।

चालू आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले तीन अर्ब २८ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षमा भने सोही अवधिसम्ममा टेलिकमले ४ अर्ब ९३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । यो वर्ष गत वर्षको भन्दा एक अर्ब ६९ करोड रुपैयाँ कम हो ।

समीक्षा अवधिमा टेलिकमको बिक्री आम्दानी १८ अर्ब ३ करोड रुपैयाँबाट घटेर १७ अर्ब ७२ लाख रुपैयाँमा सीमित भएको विवरणमा उल्लेख गरिएको छ । त्यस्तै टेलिकमको अन्य आम्दानी पनि तीन अर्ब ८८ करोड रुपैयाँबाट घटेर २ अर्ब ८५ करोड रुपैयाँमा सीमित भएको छ । टेलिकमको सञ्चालन तथा मर्मत, ह्रासकट्टी जस्ता खर्चहरुमा केही वृद्धि भएको छ ।
टेलिकमको प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको छ ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्ममा ६५.८६ रूपैयाँ रहेको टेलिकमको आम्दानी यो वर्ष भने ४३.८६ रुपैयाँ पैसामा झरेको छ । टेलिकमको प्रतिसेयर नेटवर्थ ६३५.८० रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २८.८० गुणा रहेको छ ।

प्रकाशित समय १४:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु