गृहपृष्ठ विद्युत् प्राधिकरण र मध्य त्रिशूली गंगाबीच पिपिएमा हस्ताक्षर

विद्युत् प्राधिकरण र मध्य त्रिशूली गंगाबीच पिपिएमा हस्ताक्षर

nuwakot-hydro-newskarobar

नेपाल विद्युत् प्राधिकरण र नुवाकोटमा निर्माणाधीन ‘मध्य त्रिशूली गंगा जलविद्युत् आयोजना’बीच विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) भएको छ । पर्फेक्ट इनर्जी डेभलप्मेन्ट प्रालि प्रवर्धक रहेको १९.४१ मेगावाट क्षमताको आयोजनामार्फत उत्पादित विद्युत् खरिदका लागि कम्पनी र प्राधिकरणबीच सम्झौता भएको हो ।

सम्झौताअनुसार आयोजनाबाट सुक्खायाममा (मंसिर १६ देखि जेठ १५ सम्म) उत्पादित विद्युत् आठ रुपैयाँ ४० पैसा र वर्षायाममा (जेठ १६ देखि मंसिर १५ सम्म) उत्पादित विद्युत् चार रुपैयाँ ४० पैसामा प्राधिकरणले खरिद गर्ने पर्फेक्ट इनर्जीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सम्झौता पत्रमा प्राधिकरणका योजना, अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक जगदिश्वरमान सिंह र विद्युत् व्यापार विभागका प्रमुख प्रबल अधिकारी तथा पर्फेक्ट इनर्जीका प्रबन्ध सञ्चालक भरतकुमार खड्का र आवसीय इन्जिनियर देवेन्द्र बस्नेतले हस्ताक्षर गरेक छन् । आवासीय इन्जिनियर बस्नेतका अनुसार दुई पक्षबीच गत मंगलबार पिपिए पत्रमा हस्ताक्षर भएको र बाँकी रहेको ‘अफिसियल’ प्रक्रिया आइतबार पूरा भएको हो ।

सम्झौताअनुसार आयोजनाले २०८० जेठ १७ सम्ममा निर्माण कार्य सम्पन्न गरी प्राधिकरणलाई विद्युत् उपलब्ध गराउनुपर्नेछ । आयोजना क्यु सेभेन्टी मोडेलमा रहनेछ । नुवाकोटको किस्पाङ गाउँपालिका–५, मनकामनामा बाँध बाँधेर विदुर नगरपालिका–७, तुप्चे (बेत्रावती)मा विद्युत् उत्पादन गृह रहने आयोजना पूरा गर्न पाँच अर्ब १२ करोड लाग्ने कम्पनीले जनाएको छ ।

आयोजनाका तर्फबाट पर्फेक्ट इनर्जीको ३० प्रतिशत लगानी रहनेछ । बाँकी लगानीका लागि वित्तीय व्यवस्थापनको प्रक्रियामा रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित समय ०७:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु