गृहपृष्ठ वैदेशिक सहायता प्रतिबद्धता : पाँच महिनामा १६२ प्रतिशत वृद्धि
वैदेशिक सहायता प्रतिबद्धता : पाँच महिनामा १६२ प्रतिशत वृद्धि
वैदेशिक सहायता प्रतिबद्धता पाँच महिनामा १६२ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षको मंसिरसम्ममा वैदेशिक सहायत प्रतिबद्धता १६२.७२ प्रतिशतले बढेको हो ।
अर्थ मन्त्रालयका अनुसार चालू वर्षको मंसिरसम्ममा एक खर्ब १२ अर्ब १३ करोड रुपैयाँ वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको छ । विभिन्न द्विपक्षीय र बहुपक्षीय दातृनिकायबाट यो प्रतिबद्धता आएको हो ।
चालू वर्षमा ९३ अर्ब ६९ करोड रुपैयाँ ऋण र १८ अर्ब ४४ करोड रुपैयाँ अनुदानको प्रतिबद्धता आएको छ । गत वर्षको सोही अवधिको तुलनामा ऋण प्रतबद्धता १८३.९९ प्रतिशत र अनुदान प्रतिबद्धता ९०.३० प्रतिशतले बढेको हो ।
यो अवधिमा वैदेशिक सहायता परिचालन पनि बढेको छ । अर्थमन्त्रालयका अनुसार चालू आवको मंसिरसम्ममा वैदेशिक सहायता परिचालन ६०.०१ प्रतिशतले बढेको हो । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा २४ अर्ब ७४ करोड रुपैयाँ ऋण र ८ अर्ब २४ करोड रुपैयाँ अनुदान परिचालन भएको छ ।
प्रकाशित समय ०७:२० बजे

















