गृहपृष्ठ सेयर बजार १३ अंकले घट्यो
सेयर बजार १३ अंकले घट्यो
सेयर बजार परिसूचक (नेप्से) आइतबार १३ अंकले घटेको छ । होटलबाहेकका सबै समूह आरोलो लागेपछि समग्र बजार परिसूचक १३.६२ अंकले घटेर १२२७.४९ अंकमा झरेको छ । होटल समूह भने ०.०१ प्रतिशत बढेको छ ।
आइतबार कारोबार रकममा पनि सुस्तता आएको छ । १६० कम्पनीको ३२ करोड ६४ लाख रुपैयाँबराबरको ११ लाख ९७ हजार १०६ कित्ता सेयर किनबेच भएको छ । घटेको बजारमा पनि नेपाल सेवा लघुवित्त, रैराङ हाइड्रोपावर, उन्नति माइक्रोफाइनान्सलगायत कम्पनीका लगानीकर्ताले कमाएका छन् ।
प्रकाशित समय १७:१० बजे

















