गृहपृष्ठ लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग ११)
लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग ११)
अन्नको आयातन कुन इकाइमा मापन गरिन्छ ?
१. अन्नको आयातन कुन इकाइमा मापन गरिन्छ ?
– बुसेल
२. त्रिशूली नदीको पौराणिक नाम के हो ?
– कर्मधारा
३. नेपाललाई पहिलोपटक आर्थिक सहयोग गर्ने देश अमेरिका हो भने प्राविधिक सहयोग गर्ने देश कुन हो ?
– बेलायत
४. महादेव–पार्वती गुफा मोरङ जिल्लामा छ भने शिवजी गुफा कुन जिल्लामा छ ?
– दाङ
५. ‘मेसिन रिडेबल पासपोर्ट’ (एमआरपी) को वाटर मार्क (पानी चित्र) के हो ?
– डाँफे
६. प्रथम विश्वयुद्धताका अमेरिकाका राष्ट्रपति को थिए ?
– वुड्रो विल्सन
७. मदर टेरेसाले शान्तिका लागि नोबेल पुरस्कार कहिले पाएका थिए ?
– सन् १९७९
८. विज्ञान प्रविधि दिवस कुन दिन मनाइन्छ ?
– असोज १
९. जैन धर्मका प्रवर्तक महावीर जैनको जन्म कहिले भएको थियो ?
– ई. पू. ५४६
१०. चीन सरकारको सहयोगमा बनेको काठमाडौँको चक्रपथको लम्बाइ कति छ ?
– २७.२ किलोमिटर
११. नेपाल भ्रमणमा आउने संयुक्त राष्ट्र संघका महासचिव ‘उ थान्त’ कुन देशका नागरिक हुन् ?
– म्यानमार
१२. भिक्टोरिया क्रस पाउने प्रथम नेपाली को हुन् ?
– कुलवीर थापा
१३. बृहस्पति ग्रहको ग्रिक नाम के हो ?
– जियस
१४. नेपालका प्रथम प्रामाणिक राजा कसलाई मानिन्छ ?
– राजा मानदेव
१५. पृथ्वीनाराण शाहकी आमा कौशल्यावती कुन राज्यकी राजकुमारी थिइन् ?
– पाल्पा
१६. महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपालको शिक्षामन्त्री कहिले भएका थिए ?
– वि.सं. २०१४
१७. नेपालकै पहिलो साप्ताहिक पत्रिका कुन हो ?
– गोरखापत्र
१८. नेवारी भाषाको पहिलो चलचित्र कुन हो ?
– शिलु
१९. ‘उराउ’ भनेर किसानलाई चिनिन्छ भने ‘अहिर’ भनेर कुन जातिलाई चिनिन्छ ?
– यादव
२०. नेपालको इतिहासमा संकटकालको घोषणा सर्वप्रथम कहिले गरिएको थियो ?
– २०१८ माघ १
प्रकाशित समय १८:४४ बजे















