गृहपृष्ठ शिक्षा/स्वास्थ्य
नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ३६० जनामा पीसीआर परीक्षण गर्दा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा महिला ४० र पुुरूष ६५ छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ९४५ पुगेको...
कोरोनाभाइरसको संक्रमणदर घटेसँगै सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पताल रित्तिन थालेको छ । केही महिना अघिसम्म कोरोना संक्रमित बिरामीले खचाखच भरिने अस्पताल अहिले रित्तिन थालेको हो । बिरामीको संख्या घटेपछि अस्पताल परिसर सुनसान बनेको छ । कोरोनाका नयाँ संक्रमणदर घटेपछि अस्पताल...
सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा ‘जंक फुड’ खुवाउन निषेध गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले प्रकाशन गरी सोमबार सार्वजनिक गरेको ‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका’मा सामुदायिक विद्यालयका प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवाखाजामा ‘जंक फुड’...
कोभिड-१९ कै कारण भए पनि स्वास्थ्य संरचनामा उल्लेखनीय प्रगति हासिल भएको पाइएको छ । सरकारले तीन वर्षमा गरेको उपलब्ध सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेको प्रगति विवरणमा अस्पताल र स्वास्थ्य चौकीमा दुई हजार ४९२ वटा शय्या थपिएको जानकारी...
कोभिड-१९ खोप प्राविधिक सल्लाहकार समितिले कोरोना खोपको दोस्रो मात्रा ८ देखि १२ हप्ताको अवधिमा लगाउन सरकारलाई सुझाव दिएको छ । सल्लाहकार समितिकाे बैठकले गत शुक्रबार खोपको दोस्रो मात्रा ८ देखि १२ हप्ताको अवधिमा दिन प्रस्ताव गर्ने निर्णय गरेको हो । उक्त...
नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५०१ पीसीआर परीक्षण गर्दा थप १०४ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ७१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आइतबार थपिएकामध्ये काठमाडौँ...
धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुुरु गरेको दोस्रो चरणको खोपअन्तर्गत पहिलो खोप लगाए । वडले खोप लगाएपछि अभियान नै सुरु भएको छ । आइतबारबाट सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधिहरुलाई पनि कोरोना खोप उपलब्ध गराउन सुरु गरेसँगै...
‘नेपालको शिक्षा उत्कृष्ट शिक्षा’ भन्ने मूल नाराका साथ आगामी बिहीबार राजधानीमा छैठौं व्यवस्थापन तथा आइटीसम्बन्धी शैक्षिक मेला आयोजना हुने भएको छ । बानेश्वरस्थित एभरेष्ट होटलमा आयोजना गर्न लागेको शैक्षिक मेलामा विभिन्न शैक्षिक उपाधिहरु प्रदान गर्ने ३८ शैक्षिक संस्थाहरुको सहभागिता रहने...
काठमाडौँ सुनचाँदी व्यवसायी संघले आयोजना गरेको रक्तदान तथा स्वास्थ्य शिविर कार्यक्रममा ५१ पिन्ट रगत संकलन भएको छ । संघले स्थापना दिवसको अवसर पारेर शनिबार कार्यालय भवन परिसर क्षेत्रपाटीमा गरेको कार्यक्रममा ५१ जनाले रक्तदान गरेका हुन् । कार्यक्रममा चिरायु हस्पिटल एन्ड...












