गृहपृष्ठ प्रवास
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनवरीमा आह्वान गरेको विशेष अधिवेशन रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दर्ता भएको छ । संघको विधान र प्रचलित प्रावधानविपरीत विधान संशोधनको एजेन्डा घुसाइएकाले अधिवेशन रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दर्ता गराइएको हो ।...
कोरोना संक्रमणबाट पोर्चुगलमा २७ वर्षीय नेपाली युवक तिलबहादुर रानाको उपचारका क्रममा मृत्यु भएको छ । साउ जोसे अस्पताल मार्तिमुनिज लिस्बनमा उपचाररत उनी विगत दुई वर्षदेखि पोर्चुगललाई आफ्नो कर्मथलो बनाउँदै आएका थिए । तनहुँ घर भएका उनी विगत एक महिनादेखि निमोनिया...
कोरोनाभाइरस महामारीका कारण अवरुद्ध बनेको कोरिया जाने प्रक्रिया छिट्टै सुरु हुने भएको छ । कोरियाली भाषा पास गरेर कोरिया जाने पर्खाइमा बसेकाहरूको दुई वर्षे रोस्टरको समयावधि सकिन लागेका बेला पुनः ६ महिना थप्ने निर्णय पनि भएको कोरियाली मानव संशासन विभागले...
गैरआवासीय नेपालीले कोरोनाविरुद्ध निर्माण गरिएको खोप लगाउन थालेका छन् । पहिलो चरणमा अग्रपंक्तिमा काम गर्ने नेपालीले खोप लगाउन थालेका गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । बेलायत, कतार, क्यानाडा, साउदी अरब, बहराइनमा रहेका गैरआवासीय नेपालीले कोरोनाविरुद्धको खोप लगाउन थालेका संघले...
नेपाली मूलका एक जना प्रोफेसर र उनकी पत्नीको नामबाट अमेरिकाको एक विश्वविद्यालयमा अन्तर्राष्ट्रिय विद्यार्थी कार्यालयको नामकरण गरिएको छ । वेस्ट भर्जिनिया राज्यको फेयरमन्ट राज्य विश्वविद्यालयले प्रोफेसर डा. तुलसी जोशी र श्रीमती मर्लिनको नाममा ‘तुलसी एन्ड मर्लिन जोशी अफिस फर एजुकेसनल...
विश्वका विभिन्न २० मुलुकमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ३०१ नेपालीले ज्यान गुमाएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता थप दुई नेपालीको विदेशमा निधन भएको छ । जसमा जर्मनीमा एक र भारतमा एक नेपालीको कोरोना...
लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा ‘सार्वजनिक स्वास्थ्य तथा विज्ञान कूटनीतिको भुमिका, स्वास्थ्य क्षेत्रको बढ्दो महत्व र मौसम परिवर्तनको अन्तर्राष्ट्रिय चुनौती’का विषयमा विचार विमर्शका लागि अन्तर्राष्ट्रिय वेभिनार आयोजना गरेको छ । कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वर्तमान विश्वको...
युवा सजगता अभियान भारतका संयोजक नागेन्द्रप्रसाद जोशीको पहलमा राष्ट्रिय आविष्कार केन्द्रलाई साढे २५ हजार रूपैयाँ आर्थिक सहयोग गरिएको छ । लामो समयदेखि भारतमा बस्दै आएका जोशीले भारतभर छरिएका नेपालीहरुबाट महाबीर पुनको नेतृत्वमा सञ्चालित राष्ट्रिय आविष्कार केन्द्रलाइ साढे २५ हजार रुपैयाँ...
विश्वका विभिन्न मुलुकमा कोरोना भाइरसबाट संक्रमित नेपालीमध्ये ९१ प्रतिशत कोरोनामुक्त भएका छन् । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म ४५ मुलुकमा ४६ हजार ५ सय ७८ जना गैरआवासीय संक्रमित भएकोमा हालसम्म ४२ हजार ८ सय ३ जना कोरोना...
कोरोनाभाइरस संक्रमणबाट एक सातामा विदेशमा रहेका थप आठ नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता भारतको महाराष्ट्र र चेन्नाईमा कोरोनाभाइरसका कारण आठ नेपाली ज्यान गएको हो । एनआरएनएको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिबार साँझसम्म...











