गृहपृष्ठ सुदूरपश्चिम

कोरोनाभाइरसको संक्रमणदर घटेसँगै सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पताल रित्तिन थालेको छ । केही महिना अघिसम्म कोरोना संक्रमित बिरामीले खचाखच भरिने अस्पताल अहिले रित्तिन थालेको हो । बिरामीको संख्या घटेपछि अस्पताल परिसर सुनसान बनेको छ । कोरोनाका नयाँ संक्रमणदर घटेपछि अस्पताल...

बुढानिलकण्ठ नगरपालिका ७ विष्णुमती चोकबाट १०३ ग्राम तौल भएको प्रतिबन्धित भालुको पित्तसहित सोही ठाउँ बस्ने संखुवासभा चिचिला गाउँपालिका २ घर भएका ३२ वर्षीय बिगुन राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रतिबन्धित भालुको पित्त अवैध रुपमा बिक्रीका लागि लुकाई...

भागरथी हत्या प्रकरणको अनुसन्धान निष्कर्षतर्फ केन्द्रित भएको प्रहरीले जनाएको छ । धेरै व्यक्तिसँग सोधपुछ भइसकेको र अब अनुसन्धान निष्कर्षकेन्द्रित हुँदै गएको प्रहरीको दाबी छ । मृतक भट्टसँग कुनै न कुनै किसिमले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा नजिकिएका व्यक्ति र सम्भावित सबैलाई...

धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुुरु गरेको दोस्रो चरणको खोपअन्तर्गत पहिलो खोप लगाए । वडले खोप लगाएपछि अभियान नै सुरु भएको छ । आइतबारबाट सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधिहरुलाई पनि कोरोना खोप उपलब्ध गराउन सुरु गरेसँगै...

बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका- ७, चडेपानीकी १७ वर्षीया भागरथी भट्टको घटनाको स्थलगत अवलोकन र अध्ययनका नेपाली कांग्रेसले केन्द्रीय प्रतिनिधिका रूपमा खटाएका नेता रमेश लेखक बैतडी पुगेका छन् । पूर्वमन्त्रीसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य लेखकले घटनाको स्थलगत अध्ययन गरी...

दार्चुलामा निर्माणाधीन विद्युत्को नहरको पर्खाल भत्किँदा दुई जनाको मृत्यु भएको छ । अपिहिमाल गाउँपालिका वडा नं ६ मज्जेमा निर्माणाधीन मज्जे खोला लघु जलविद्युत् योजनाको पर्खाल निर्माण गर्ने क्रममा आज दुई जना मजदूरको मृत्यु भएको हो । एक सय किलोवाट क्षमताको...

बजारमा पाइने चामलको मूल्यभन्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामलको मूल्य बढी हुँदा बिक्री हुन छाडेको छ । जिल्लाका सबै पालिकामा यातायातको पहुँच पुगेसँगै बजारमा चामलको मूल्य सस्तो भएको हो । व्यापार कम्पनीको चामलमा प्रतिकेजी १० रूपैयाँको फरक परेपछि कम्पनीको...

नेपालमा बलात्कारका घटनाले दिनहुँजसो भइरहेका छन् । कतिपय घटना डर, धाक र धम्की या प्रलोभनमा गुपचुपमै मिलाइन्छन् । कतिपय यसै मिलाइन्छन् । बाहिर आएर पनि ठूलो चर्चा पाउने घटना निकै कम हुन्छन् । सुदूरपश्चिममा निकै चर्चामा आएको घटना हो‑ कञ्चनपुरकी...

कोरोना कहरका कारण स्थगित भएको ‘गाउँघरमा चिकित्सक’ कार्यक्रम सञ्चालनमा आएको छ । निःशुल्क रुपमा गाउँघरमै चिकित्सकीय सेवा दिने उद्देश्यले उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको हो । हालसम्म जिल्लाका तीन स्थानीय तहमा उक्त कार्यक्रम सम्पन्न भइसकेको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज...