गृहपृष्ठ समाचार

दसौं गोतामे पत्रकारिता पुरस्कार थापालाई
दसौं गोतामे पत्रकारिता पुरस्कार थापालाई

दसौं गोतामे पत्रकारिता पुरस्कारबाट कञ्चनपुरका अग्रज पत्रकार चित्रांग थापालाई सम्मान गरिएको छ । स्व. गोपालचन्द्र गौतम प्रतिष्ठानले आज वीरगन्जमा एक कार्यक्रम गरी पत्रकार थापालाई सम्मान गरेको हो । विगत तीन दशकभन्दा बढी समयदेखि सुदूरपश्चिममा रही सामुदायिक पत्रकारिताका माध्यमले राष्ट्रिय रुपमै...

सपना रोकामगरले दिइन् विनयजंगविरुद्ध उजुरी
सपना रोकामगरले दिइन् विनयजंगविरुद्ध उजुरी

बीबीसीको '१०० प्रभावशाली महिला'को सूचीमा परेकी सपना रोकामगरले विनयजंग बस्नेतविरुद्ध प्रहरीमा जाहेरी दिएकी छन् । जाहेरीमा सपनाले आफ्नो मानमर्दन तथा बेइज्जत भएको उल्लेख गरेको काठमाडौं महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी रमेश बस्नेतले बताए । विनयले सपनाको बारेमा अश्लील सामग्री सार्वजनिक...

मृत अवस्थामा फेला
मृत अवस्थामा फेला

काठमाडौं, कागेश्वरी मनहरा नगरपालिका-६ मुलपानी लालिगुराँस टोल डेरा गरी बस्ने नुवाकोट दुप्चेश्वर नगरपालिका-४ घर भएका ३७ वर्षीय दिपेश लामा आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी काठमाडौं महानगरपालिका-८ स्थित बागमती खोला किनारमा सोही महानगरपालिका-७ मैजुबहाल डेरा गरी...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिक-३२ कोटेश्वरस्थित लक्ष्मी स्वीट पसलमा काम गर्ने धनुषा महेन्द्रनगर नगरपालिका-५ घर भएका २१ वर्षीय दिपेन्द्र मण्डललाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । मण्डलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त...

भागरथी हत्या प्रकरण : कांग्रेस केन्द्रीय प्रतिनिधि बैतडीमा
भागरथी हत्या प्रकरण : कांग्रेस केन्द्रीय प्रतिनिधि बैतडीमा

बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका- ७, चडेपानीकी १७ वर्षीया भागरथी भट्टको घटनाको स्थलगत अवलोकन र अध्ययनका नेपाली कांग्रेसले केन्द्रीय प्रतिनिधिका रूपमा खटाएका नेता रमेश लेखक बैतडी पुगेका छन् । पूर्वमन्त्रीसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य लेखकले घटनाको स्थलगत अध्ययन गरी...

प्रतिनिधिसभा विघटन मुद्दा : आजदेखि रिट निवेदक पक्षको जवाफी बहस सुरु
प्रतिनिधिसभा विघटन मुद्दा : आजदेखि रिट निवेदक पक्षको जवाफी बहस सुरु

प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि आजदेखि जवाफी बहस सुरु हुँदैछ । सर्वोच्‍च अदालतको संवैधानिक इजलासमा रिट निवेदकको जवाफी बहस सुरु हुन लागेको हो । प्रधानमन्‍त्री केपी शर्मा ओली पक्षको बहस गत बिहीबार सकिएको थियो । ओली पक्षका वकिलले इजलासमा उठाएका तर्कमा रिट...

तत्काल केरूङ नाका खोल्न पहल गर्न कांग्रेसको माग
तत्काल केरूङ नाका खोल्न पहल गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले तत्काल केरूङ नाका खुला गर्न आवश्यक पहल गर्न सरकारसँग माग गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै केरूङ नाकामा आयात-निर्यात सहज तुल्याउन तत्कालै पहलका लागि सरकारसँग माग गरेका छन् । ‘चीनको वुहानबाट कोरोना भाइरसको...

कर्णालीमा कोरोना खोप : पहिलो चरणमा छुटेकालाई लगाइँदै
कर्णालीमा कोरोना खोप : पहिलो चरणमा छुटेकालाई लगाइँदै

कर्णालीमा पहिलो चरणमा कोरोना खोप लगाउन छुटेकालाई आइतबार लगाउन थालिएको छ । स्वास्थ्य सेवा निर्देशनालयले पहिलो चरणमा छुटेका लक्षित व्यक्तिलाई प्रदेशका १२ वटै केन्द्रबाट खोप लगाउने व्यवस्था मिलाइएको जनाएको छ । कर्णालीमा पहिलो चरणमा पहिचान गरिएका दुई हजार ३६० जनाले...

सरकारको तीन वर्ष : सुरक्षाको मूलभूत प्रगति
सरकारको तीन वर्ष : सुरक्षाको मूलभूत प्रगति

मुलुकको सुरक्षा संवेदनशीलतालाई उच्च प्राथमिकता दिँदै राष्ट्रिय सुरक्षा नीतिलाई प्रभावकारी कार्यान्वयन अघि बढाइरहेको रक्षा मन्त्रालयले परिवर्तित राजनीतिक परिदृश्यसँगै नेतृत्वदायी र समन्वयकारी भूमिकालाई गतिशील र सुदृढ तुल्याउँदै अघि बढेको छ । सोही क्रममा पछिल्ला तीन वर्षमा मन्त्रालयले नीतिगत, संस्थागत र भौतिक...

गोकर्णेश्वरका १६ सामुदायिक विद्यालयको स्तरोन्नति
गोकर्णेश्वरका १६ सामुदायिक विद्यालयको स्तरोन्नति

गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले नगरपालिकाभित्र रहेका १६ सामुदायिक विद्यालयको स्तरोन्नति गरिएको बताएका छन् । वडा नं १ को बाटुलेचौरमा रहेको श्री रामजानकी आधारभूत विद्यालयको २८औँ वार्षिकोत्सव एवं अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रममा नगरप्रमुख चालिसेले स्तरीय पठनपाठनका लागि विद्यालयमा पढाइको...