गृहपृष्ठ तेह्रौं साग
भनिन्छ, ‘खेलको आँखा हुँदैन’ । सायद यही भएर होला खेलमा अप्रत्याशित नतिजा अनौठो मानिन्न । जारी १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा पनि यस्तै नतिजाहरु आइरहेका छन् । कतिले जितको नजिकै पुगेर पनि हार स्वीकार्न बाध्य भए । जसको फाइदास्वरुप खासै...
१३औं दक्षिण एसियाली खेलकुद (साग)को महिला ह्याण्डबलमा बंगलादेशले कास्य पदक जितेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आइतबार बिहान तेस्रो स्थानको लागि भएको खेलमा पाकिस्तानमाथि ३१-१५ फराकिलो नतिजा निकाल्दै बंगलादेशले कास्य जितेको हो । भारतको गुहावटीमा भएको १२औं सागको...
नेपालमा जारी तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) को महिला क्रिकेटमा सहभागी हुँदा नेपाली टोलीका सदस्य अञ्जली चन्दले ठूलो लक्ष्य राखेकी थिइनन् । चार वर्षपछि टोलीमा स्थान बनाएकाले खेलमा मेहनत गरेर राम्रो खेल पस्कने र विपक्षीको एक÷दुई विकेट लिने मात्र उनको...
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज जुडोका प्रतिष्पर्धा सुरु हुँदैछन् । जुडोका खेलहरु लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद प्रशिक्षण केन्द्रमा हुने छन् । जुडोमा महिलातर्फ ४८ केजी मुनि, ५२ केजी मुनि, ५७ केजी मुनि र ६३...
१३औं एसियाली खेलकुद प्रतियोगिता (साग)मा नेपाली महिला ह्याण्डबल टोली पहिलोपटक फाइनलमा पुगेको छ । नेपालले स्वर्ण पदकका लागि आइतबार भारतसँग फाइनल खेल्नेछ । शनिबार भएको सेमिफाइनलमा पाकिस्तानमाथि कठिन जित निकाल्दै नेपाल फाइनल प्रवेश गरेको हो । पाकिस्तान विरुद्धको खेलमा २२–२१...
जारी १३औं सागअन्तर्गत महिला फुटबलमा नेपाल भारतसँग पराजित भएकाे छ । शनिबार पाेखरा रंगशालामा भएको खेलमा नेपाल चीरपरिचित प्रतिष्पर्धी भारतसँग १-० गाेल अन्तरले पराजित भएकाे हाे । खेलको १८औं मिनेटमा भारतकी एनजी बाला देवीले गरेको गोल नेपालको पराजयका लागि पर्याप्त...
माल्दिभ्सलाई पराजित गर्दै नेपाल १३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमा फाइनलनजिक पुगेको छ । शनिबार भएको समूह चरणको खेलमा नेपालले माल्दिभ्सलाई २-१ गोलले पराजित गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा बलियो प्रतिद्वन्द्वी माल्दिभ्सलाई हराएर महत्वपूर्ण तीन अंक...
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपाल बंगलादेशसँग ४४ रनले पराजित भएको छ । शनिबार कीर्तिपुरस्थित टियू मैदानमा बंगलादेशसँग पराजित भएपछि नेपालको स्वर्ण जित्ने अवसर गुमेको हो । बंगलादेशले दिएको १५६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा...
खेलकुद पत्रकारहरुको अन्तर्राष्ट्रिय छाता संस्था अन्तर्राष्ट्रिय खेलकुद प्रेस एशोसिएसन (एप्स) अन्तर्गत एसियाको एक टोली शुक्रबार पोखरा आइपुगेको छ । काठमाडौँ, पोखरा र जनकपुरमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) को अवलोकन र जानकारी लिन एप्सका महासचिव अमजद अजिज मलिक, उपाध्यक्ष...
१३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपालले म्याराथनमा पनि स्वर्ण पदक जितेको छ । शनिबार एथ्लेटिक्सतर्फको पुरुष म्याराथन दौडमा नेपालका किरण बोगटीले स्वर्ण पदक जितेका हुन् । उनले निर्धारित ४२.१९५ किमिको दूरी २ घण्टा २१ मिनेट १७ सेकेन्डमा पूरा...











