गृहपृष्ठ पाल्पामा भएको बस दुर्घटनाप्रति क्यान महासंघद्वारा दुःख व्यक्त

पाल्पामा भएको बस दुर्घटनाप्रति क्यान महासंघद्वारा दुःख व्यक्त

बुटवल- पाल्पाको तानसेनमा आज भएको बस दुर्घटनाप्रति कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघले दुःख व्यक्त गरेको छ । दुर्घटनामा क्यान महासंघका पूर्वकेन्द्रीय सदस्य, क्यान लुम्बिनीका पूर्वअध्यक्ष एवं क्यान महासंघ पाल्पाका पूर्वअध्यक्ष विष्णुमान बज्राचार्यसहित १३ जनाको दुःखद् निधनले सूचना प्रविधिको क्षेत्रमा अपुरणीय क्षति पुगेको क्यान महासंघको ठहर छ । क्यान महासंघका प्रदेश नम्बर ५ का अध्यक्ष सुदिप शर्माद्वारा जारी शोक वक्तव्यमा बस दुर्घटनामा परी दिवंगत भएका मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरिएको छ ।

प्रकाशित समय १७:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु