गृहपृष्ठ पहिरोका कारण अवरुद्व बुटवल–पाल्पा सडक एकतर्फी सञ्चालनमा
पहिरोका कारण अवरुद्व बुटवल–पाल्पा सडक एकतर्फी सञ्चालनमा
बुटवल– शुक्रबार बिहानदेखि पहिरोको कारण अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबानजिकै हेडबक्स भन्ने स्थानमा शुक्रबार बिहान ३ बजे पहिरो खसेर सडक अवरुद्ध भएका थियो । सडक अवरुद्ध भएपछि स्याङ्जा, पोखरा, बागलुङ, गुल्मी, अर्घाखाँची र जिल्लाकै विभिन्न स्थानबाट बुटवल आवतजावत गर्ने सवारीसाधन र बाटोमै रोकिएका यात्रु गन्तव्यमा लाग्न थालेका छन् । पहिरोनजिकै पाल्पा मस्यामका मोहन रेश्मीको शव दिउँसो भेटिएको थियो । शुक्रबार बिहानै पाल्पाबाट बुटवलतर्फ आउँदै गरेकामध्ये रेश्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित समय १८:१४ बजे

















