गृहपृष्ठ कांग्रेस कार्यसमिति बैठक आइतबार बस्ने

कांग्रेस कार्यसमिति बैठक आइतबार बस्ने

काठमाडौं, ११ फागनु । विहीबारका लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक अब आउँदो आइतबार बस्ने भएको छ । कांग्रेस वरिष्ठ नेता पौडेलले विधानलाई टेकेर केन्द्रीय कार्यसम्पादन र संसदीय बोर्डको वैधानिकतामाथि नै प्रश्न उठाएर बैठक नै बहिस्कार गर्ने चेतावनी दिएपछि पार्टी सभापति देउवाले बिहिबारको बैठक स्थगित गरेका थिए । देउवासँग असन्तुष्ट बनेका नेता पौडेलले अब संसदीय बोर्डको औचित्य नै समाप्त भएको भन्दै सबै समिति भंग गर्नुपर्ने बताएका थिए ।

बैठक फागुन १३ गते आइतबार विहान ९ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा बोलाइएको पार्टी कार्यलयका मुख्यसचिव कृष्णप्रसद पौडेलले जानकारी दिए । बैठकमा कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई उपस्थितिका लागि निर्देशन नै जारी गरेको कांग्रेसले विज्ञप्तिमार्फत जनाएको छ । यस्तै कांग्रेसले फागुन १२ गते शनिबार संसदीय दलको बैठक बोलाएको छ ।

बैठकले दलको नेता चयनका बारेमा छलफल गर्ने बुझिएको छ । दलको नेतामा शेरबहादुर देउवा, प्रकाशमान सिंह, शशांक कोइरालाले आकांक्षी देखिएका छन् । गत निर्वाचनमा लज्जास्पद हार बेहोरेको कांग्रेसका कतिपय नेताहरुले पार्टी सभापति शेरबहादुर देउवाको असक्षमता भन्दै नेतृत्व फेर्नुपर्ने आवाज समेत उठाउदै आएका छन् ।

निर्वाचन लगत्तै उनीहरुले केन्द्रीय समिति बैठक बोलाएर निर्वाचनको समिक्षा गर्न युवा नेताहरुले राखेको मागलाई सभापति देउवाले टार्दै आएका छन् । गत राष्ट्रियसभा निर्वाचन अघि दुई दिन बसेर स्थगित गरेका कांग्रेस केन्द्रीय समिति बैठक त्यसैको निरन्तरता भएको नेताहरुले बताएका छन् । केन्द्रीय समिति बैठकमा निर्वाचनको समिक्षाका साथै संसदीय दलको नेता चयन, प्रतिपक्षको भुमिका लगायतका विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित समय ०१:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु