गृहपृष्ठ प्रदूषणका कारण हिले वर्षा

प्रदूषणका कारण हिले वर्षा

राजधानी काठमाडौं लगायतका स्थानमा हिलो पानीको वर्षा भएको छ । हिले वर्षा भएपछि किन यस्तो भयो भन्ने चासो र चिन्ता बढेको छ । ट्वीटर, फेसबुकलगायत सामाजिक सञ्जालमा हिलो वर्षा भएको फोटोहरु व्यापक रुपम राखिएका छन् ।

आकाशबाट परेको पानी सङ्लो (सफा) हुन्छ भन्ने सबैले बुझेकै कुरा हो, तर धमिलो वर्षा भएपछि स्वाभाविक रुपमा चासो बढेको छ । खुला आकाशमुनी राखिएका सवारीसाधनमा वर्षाका कारण लागेका दागसहितका फोटोले सामाजिक सञ्जाल भरिएका छन् ।

मौसम विद्हरुले भने पश्चिमी वायुको प्रभावको कारण यस्तो भएको जनाएका छन् । भारतस्थित राजस्थान आसपासको मरुभूमीमा बिहिबारदेखि हावाहुरी चलेकाले आकाशमा धुलो जम्मा भई धमिलो पानी परेको उनीहरुको भनाई छ । यस्तो पानीमा रसायानिक पदार्थको समेत मिश्रण हुने भएकाले संकलन तथा प्रयोग नगर्न उनीहरुले सुझाव दिएका छन् ।

उता भारतीय सञ्चार माध्यमले धुलो सहितको आँधीले राजधानी दिल्लीलगायतका क्षेत्र प्रभावित भएको जनाएका छन् । उनीहरुका अनुसार तीन दिनसम्म यस्तो अवस्था रहन्छ ।

प्रकाशित समय ११:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु