गृहपृष्ठ प्रमुख र उपप्रमुखलाई किन भिन्नता

प्रमुख र उपप्रमुखलाई किन भिन्नता

कर्णाली प्रदेश सरकारको मंगलबार बसेको ३० आंै बैठकबाट कर्णाली प्रदेश स्थानी तहका पदाधिकारी तथा सदस्यहरुले पाउँने सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ सर्वसम्मतले पारित भएको छ । कर्णाली प्रदेश स्थानिय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सेवा सुविधाका सम्बन्धमा बनेको विधेयक २०७५ प्रदेश सभामा जेठ १७ गते छलफलका लागी पेश भएको थियो ।

विभिन्न समयमा संसदमा दफावार छलफल र विषयगत समितिको बैठकको निर्णय बमोजिम मंगलबार संसदमा विधेयकमा संशोधन प्रस्तावसहित आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले प्रतिवेदन पेश गरेका थिए । विधेयकको दफावार छलफलमा भाग लिँदै सांसद गुलाबजङ्ग शाहले गाँउपालिका तथा नगरपालिकाका प्रमुख तथा उपप्रमुखका लागि तलबमा विभेद भएको बताएका छन् । उनले भने ‘गाँउपालीका तथा नगरपालिकाका प्रमुख जति काममा खटिनुहुन्छ त्यत्तिकै रुपमा उपप्रमुखहरु पनि खट्ने भएकोले तलबमा भिन्नता हुनु हुँदैन ।’

‘उपप्रमुख तथा उपाअध्यक्षहरु कानुनी रुपमै न्यायिक समीतीको संयोजक हुने व्यवस्था छ । त्यसैले पनी प्रमुख र उपप्रमुखको लागी दिईने सेवासुविधा बराबर गरिनुपर्दछ ।’ उपप्रमुख भएकै भएर वा महिला भएर तलबमा भिन्नता भएको हो भन्दै उनले प्रश्न समेत गरेका थिए । त्यस्तै छलफलमा भाग लिंदै साँसद रातो कामीले स्थानिय तहका पदाधिकारीहरुलाई मर्यादाक्रम अनुसारको तलब दिनुपर्ने बताएका छन् ।

त्यस्तै सांसद गणेशप्रसाद सिंह, सांसद हिमबहादुर शाहि र सांसद पद्मा खड्काले छलफलमा भाग लिएका थिए । संसदमा पेश गरीएको कर्णाली प्रदेशका स्थानीय तह गाँउपालिकाका अध्यक्षको तलब ३० हजार ५ सय, उपाअध्यक्षको २५ हजार, वडा अध्यक्षको १९ हजार, कार्यपालिका सदस्य को लागी १० हजार र वडा सदस्यका लागी ५ हजार तोकीएको छ ।

त्यस्तै नगरपालिकाका प्रमुखको लागी ३४ हजार, उप्रमुखको लागी ३० हजार, कार्यपालिका सदस्यको लागी ११ हजार र वडा सदस्यको लागी ६ हजार रुपैयां तोकीएको छ । त्यस्तै जिल्ला समन्वय समितिका प्रमुखको लागी ३६ हजार, उपप्रमुखको लागी ३४ हजार र सदस्यहरुको लागी १२ हजार तोकीएको छ ।

केन्द्रले तोकीपठाएको सेवासुविधा भन्दा केहि तलमाथी भएकोमा सांसदहरुले आपत्ति जनाएका छन् । यसअघि तोकीएको तलबमा केहि घटाएर कर्णाली सरकारले स्थानिय तहका पदाधिकारी तथा सदस्यहरुको तलब तोकेको छ । कर्णाली प्रदेश सरकारको आगामी बैठक बुधबार दिउसो १ बजे सम्मका लागी स्थगित भएको छ ।

प्रकाशित समय २१:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु