गृहपृष्ठ नेकपाकाे सचिवालय बैठक भोलीसम्मको लागि स्थगीत

नेकपाकाे सचिवालय बैठक भोलीसम्मको लागि स्थगीत

nekapa-newskarobar फाइल तस्बिर

संगठनात्मक संरचना टुंगो लगाउन बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ । मंगलबार साझ बस्ने भनिएको बैठक भोली बुधबार विहान साढे ८ बजे बस्ने गरी स्थगीत भएको हो ।

यसअघि सचिवालयको बैठक अपरान्ह पाँच बजेसम्मका लागि स्थगीत गरिएको थियो । तर आन्तरिक तयारी र नेताहरु विभिन्न कार्यक्रममा व्यस्त हुने भएकाले बैठक पुनः सारिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा कार्यदलले प्रतिवेदन सचिवालयमा पेश गरेको पार्टीका श्रेष्ठले जानकारी दिए । नियमावलीलाई भोली विहानसम्म टुंगो लगाई जनवर्गिय संगठनको एकीकरणलाई तिब्र पार्ने निर्णयसमेत भएको छ ।

यसअघि शनिबार बसेको पार्टी सचिवालय समितिको बैठकले नियमावली परिमार्जनसहित अन्तिम टुंगो लगाउन तीन सदस्यीय कार्यदल बनाएको थियो । सो बैठकले महासचिव विष्णु पौडेल, बामदेव गौतम र रामबहादुर थापा सदस्य रहेको कार्यदल गठन गरेको थियो । त्यसअगाडि गत साता बसेको स्थायी समितिको बैठकले पार्टी सचिवालयलाई नियमावली अन्तिम रुप दिने जिम्मेवारी दिएको थियो ।

प्रकाशित समय १६:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु