गृहपृष्ठ सरकारले हटाएकालाई काममा फर्काउन सर्वाेच्चकाे अन्तरिम आदेश
सरकारले हटाएकालाई काममा फर्काउन सर्वाेच्चकाे अन्तरिम आदेश
पूर्ववर्ती सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णयविरुद्ध सर्वाेच्च अदालत पुगेकाहरुलाई अदालतले कममा फर्काउन अन्तरिम आदेश दिएको छ । शुक्रबार अन्तरिम आदेश जारी गर्दै सर्वाेच्चले तीनजनालाई काममा फर्काउन आदेश दिएको हो ।
सर्वाेच्चको यो आदेशसँगै उपाध्यायसहित तीन जना आइतबारबाट पुनः काममा फर्कने भएका छन् । सरकारले यही असार २० गते पूर्ववर्ती सरकारले भदौ १४ गतेदेखि फागुन ३ सम्म गरेका सबै नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो ।
विधि र प्रक्रिया पूरा गरी नियुक्त भएकाहरुलाईसमेत सरकारले समयावधी बाँकी छँदै हटाएको भन्दै उनीहरु सर्वाेच्च पुगेका थिए । सर्वाेच्चका न्यायधीश बमकुमार श्रेष्ठको इजलासले सरकारको नाममा अन्तरिम आदेश जारी गर्दै थप छलफलका लागि साउन १५ गते अदालतमा उपस्थित हुन आदेश गरेको छ ।
सर्वाेच्चको अन्तरिम आदेशपछि गोरखापत्र संस्थानका महाप्रबन्धक उपाध्याय, घरेलु तथा साना उद्योग विकास समितिका कार्यकारी निर्देशक नविनकुमार झा र सहकारी विकास वोर्डका सह अध्यक्ष दक्ष पौडेल आइतबारबाट काममा फर्कने भएका छन् ।
सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षबाट हटाइएका दिगम्बर झा र पशुपति क्षेत्र विकास समितिका सदस्य सचिव बिष्णु मिश्रलाई पनि काममा फर्काउन सर्वाेच्च अदालतले आदेश गरिसकेको छ ।
प्रकाशित समय १६:१९ बजे

















