गृहपृष्ठ नयाँ शक्तिमा सहिद तथा बेपत्ता योद्धा विभाग गठन

नयाँ शक्तिमा सहिद तथा बेपत्ता योद्धा विभाग गठन

baburam-newskarobar

नयाँ शक्ति पार्टी नेपालले सहिद तथा बेपत्ता योद्धा विभाग गठन गरेको छ । पार्टीका राजु नेपालीको संयोजकत्वमा शहीद तथा बेपत्ता योद्धा परिवार, घाईते÷अपाङ्ग एवम द्वन्द्व प्रभावित परिवार व्यवस्थापन विभाग गठन गरिएको हो ।

११ सदस्यीय नयाँ विभागमा कल्पना सुवेदी, विरबहादुर तामाङ, दिपक वाग्ले, दुर्गाप्रसाद भुसाल, शारदा घिमिरे, अमर वली, सिता भण्डारी सदस्य छन् । त्यसैगरी विभागकै कानुनी सल्लाहकारमा अधिवक्ता कृष्णप्रसाद शर्मा छन् ।

नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले तत्कालिन नेकपा माओवादीका तर्फबाट राजतन्त्रात्मक राज्यसत्ता परिवर्तनका लागि १० बर्षे जनयुद्ध लडेका थिए । तर, माओवादीबाट छुट्टीएर नयाँ शक्ति गठन गरेसँगै उनले माक्र्सवाद र लेनिनवादलाई मार्ग दर्शक सिद्दान्त अंगालेका छैनन् ।

नयाँ शक्ति गठन गरेपछि भट्टराईमाथि जनयुद्धकालिन मुद्धा छाडेको भन्दै माओवादीभित्रबाट आलोचना हुँदै आएको छ । त्यसरी आलोचना हुँदै आएको सन्दर्भमा उनको पार्टीले जनयुद्धसँग प्रत्यक्ष सरोकार राख्ने नयाँ विभाग गठन गरेको हो । विभागले देशव्यापी रुपमा सहीद, बेपत्ता, घाईते तथा अपाङ्गहरुको तथ्याङ्क संकलन गरी अभिलेख तयार गर्नेछ ।

तथ्याङ्क संकलन गरी उनीहरुका लागि बेग्लै परिचयपत्र बनाई परिचयपत्रका आधारमा स्वास्थ्य, शिक्षा, रोजगारी, जस्ता आधारभुत क्षेत्रमा विशेष छुट, सेवा, सहुलियत र आरक्षण उपलव्ध गराउन सरकारसँग माग गर्ने जनाइएको छ । विभागले अदालतमा विचाराधीन अवस्थामा रहेका जनयुद्धकालीन घटना र मुद्धाहरु बृहत शान्ति सम्झौताको मूल मर्म र संक्रमणकालीन न्यायको मान्य सिद्धान्तहरुबमोजिम टुङ्ग्याउन सरकारलाई दबाब दिने जनाइएको छ ।

प्रकाशित समय १६:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु