गृहपृष्ठ प्रदेश नम्बर १ काे नाम सगरमाथा हुने सम्भावना
प्रदेश नम्बर १ काे नाम सगरमाथा हुने सम्भावना
साउनभित्रै राजधानी र नामाकरण टुंगिन्छ : मुख्यमन्त्री

साउनभित्र प्रदेशको राजधानी र नामाकरण टुंग्याउने गरी एक नम्बर प्रदेश सरकार छलफलमा जुटेको छ । मुख्यमन्त्री शेरधन राईले प्रदेशको नाम र राजधानीको विषयमा आफुले पार्टीका शीर्ष नेतादेखि प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि छलफल गरिसकेको बताए ।
के विषयमा कस्तो सुझाव आयो भन्ने खुलाउन नचाहेको भएपनि राईले अहिले चर्चामा आएका ठाउँलाई ध्यान दिएर राजधानी र नामांकनको विषय टुंग्याउने बताए । प्रदेशको नाम सगरमाथा, किराँत, लिम्बुवान, कोचिला या के राख्ने भन्ने विषय बाहिर नआएको भएपनि सर्वसाधरण र सांसदहरुले सगरमाथा नाम राख्ने सुझाव दिइरहेको उनले बताए ।
कुराकानीका क्रममा नेकपाकै धेरै सांसदले नाम सगरमाथा राख्नुपर्ने बताइरहँदा प्रधानमन्त्रीले के सल्लाह दिनुभयो त भन्ने प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री राईले सबै कुरालाई सुझावको रुपमा ग्रहण गरिएको जानकारी दिएका छन् ।
१ नम्बर प्रदेश सरकारले साउन महिनाभित्रै प्रदेशको नाम र राजधानीको विषय टुंगो लाग्ने बताइरहेका बेला पार्टीका शीर्ष नेताले भने सहमतिमै जोड दिँदै आएका छन् ।
प्रकाशित समय १७:३४ बजे