गृहपृष्ठ केही मान्छेहरुले नचाहँदैमा समृद्धि रोकिन्न : प्रधानमन्त्री

केही मान्छेहरुले नचाहँदैमा समृद्धि रोकिन्न : प्रधानमन्त्री

kp-oli-newskarobar उद्घाटन समाराेहमा प्रधानमन्त्री

 

प्रधानमन्त्री केपी शर्मा ओलीले केही लाख मान्छेले विकास र समृद्धि नचाहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कसैले नचाहँदैमा सरकारको यात्रा नरोकिने दावी गरे ।

शुक्रबार काठमाडौंमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानको २ सय ५ औं भानु जयन्ती सम्मिलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफुले समय सापेक्ष विकास र समृद्धिको योजना बनाएको दावी गरे । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय आवश्यकता र प्राथमिकतामा सबै दलहरु गम्भीर नभएको आरोप लगाए ।

कार्यक्रममा शताब्दी पुरुष शत्य मोहन जोसीले नेपाल कला र संस्कृतीले धनी भएको तर नेपालीहरुले त्यो सांस्कृतिक सम्पदाको महत्व नबुझेको बताए । ‘नेपालको भाषा साहित्यका बारेमा विदेशीहरुले पिएचडी गर्छन् तर नेपालीलाई केही चासो छैन,’ जोशीले भने, ‘नेपालमा तिन ओटा प्रतिष्ठान छन् तर पनि उचित जिम्मेवारीको साथ काम गर्न सकेका छैनन् ।’

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँलाले नेपाली संस्कृती तथा कलामा विविधता भएको तर एकले अर्कोलाई चिन्न नसक्नु ठुलो कमजोरी भएको बताए । उनले भने, ‘हामी एक हौं भन्छौं तर एक कसरी हुने ? के आधारमा हुने जबकी हामी एकले अर्कालाई स्वीकार गर्न सकिरहेको छैनौं ।’
कार्यक्रममा १३ देशका ४३ भन्दा बढी विदेशी साहित्यकारहरुको उपस्थिति रहेको छ । तीन दिन सम्म चल्ने कार्यक्रम आईतबार चन्द्रागिरीको कबर्ड हलमा एक कार्यक्रमकाबीच समाप्त हुनेछ ।

प्रकाशित समय १८:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु