गृहपृष्ठ सप्तकोशीमा यसवर्षकै उच्च बहाव
सप्तकोशीमा यसवर्षकै उच्च बहाव

सप्तकोशी नदीमा पानीको बहाव शुक्रबार बिहान यसवर्षकै उच्च मापन गरिएको छ । कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार नदीमा शुक्रबार बिहानको बहाव एकलाख ७० हजार ९ सय ९० क्युसेक प्रतिसेकेण्ड रहेको छ ।
बहाव बढेपछि ब्यारेजका ५६ मध्ये २७ वटा ढोका खोलिएका छन् । असारको दोस्रो साता एकलाख ६० हजारको हाराहारीमा पुगेको बहाव त्यसयता केहि समय भने सामान्य अवस्थामा रहेको थियो ।
पूर्वी पहाडी भेगमा पुनः वर्षा हुन थालेसँगैै बिहिबार मध्यान्हबाट कोशीको बहावमा वृद्धि हुन थालेको हो । नदीमा पानीको बहाव एकलाख ५० हजार क्युसेक नाघेकाले एकतर्फ रातो बत्ति बालिएको छ ।
नदीमा बालुवा थुप्रिएको हुँदा सातलाख क्युसेक बहाव धान्ने कोशी नदीमा चारलाख क्यसेक पुगेको अवस्थालाई खतरा मानिन्छ । नदीमा बहाव घटबढको क्रम जारी रहेपनि सबै स्परहरु सुरक्षित रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रकाशित समय १८:५८ बजे