गृहपृष्ठ गोविन्द केसीको आन्दोलन जनताको पक्षमा : चित्रबहादुर केसी
गोविन्द केसीको आन्दोलन जनताको पक्षमा : चित्रबहादुर केसी
संघीयता मुलुकले धान्न सक्दैन
फाइल तस्विर
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले डाक्टर गोविन्द केसीको आन्दोलन जनताको पक्षमा रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष केसीले मेडिकल माफियाहरूले काठमाडौंलाई मात्र नेपाल देख्ने र गरिबका छोराछोरीहरूलाई डाक्टर हुनबाट वञ्चित गर्ने चलखेल गरेको आरोप लगाए ।
उनले छिटो भन्दा छिटो डा. गोविन्द केसीको माग पुरा गर्न सरकारसँग माग गरे । त्यस्तै अध्यक्ष केसीले नेपालमा संघीयता विदेशीको ‘ग्रान्डडिजान’मा आएको भन्दै अहिले वैदेशिक हस्तक्षेप व्याप्त रहेको जिकिर गरे । उनले संघियता आर्थिक हिसाबले पनि धान्न नसकिने दावी गरे ।
‘जनमोर्चाले प्रादेशीक ईकाइको नामकरण गरेको थियो,’ उनले भने, ‘अहिले संघियतावादीले तिनै नाम कायम गर्दै छन् ।’ काठमाडौंको फोहोर उठाउन नसक्ने सरकारले मेट्रो रेलको सपना देखाउनु हास्यास्पद भएको उनको टिप्पणी थियो ।
‘मेलम्चीको नाममा अरबौं खर्च भईसकेको छ, विदेशी प्रभुको इसारामा देश कति दिन चल्ने ?’ उनले भने, ‘विदेशहरूले यहाँको स्रोत साधन माथिको दोहन बन्द गर्नु पर्छ ।’
प्रकाशित समय १८:१९ बजे
















