गृहपृष्ठ आजको मौसम : उपत्यकामा सामान्य, पश्चिममा भारी वर्षाको सम्भावना
आजको मौसम : उपत्यकामा सामान्य, पश्चिममा भारी वर्षाको सम्भावना
आज मौसम बदली भइ देशका विभिन्न ठाउँमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पूर्वदेखि पश्चिमका प्राय सबै क्षेत्रमा मौसम बदली भइ हल्कादेखि मध्यम स्तरको पानी पर्ने सम्भावना रहेको मौसमविद विभूति पोखरेलले बताइन् । मनसुनी गतिविधि सामान्य अवस्थामा रहेकाले मौसम केही समय खुलेको जस्तो भए पनि फेरि बदली भइ पानी पर्ने सम्भावना रहेको उनको भनाइ छ ।
खासगरी पश्चिमतिर साँझमा भारी वर्षा हुने उनले बताइन् । काठमाडौँ उपत्यकासहित मध्य क्षेत्रमा पनि बदली तथा केही समय मौसम खुल्ने क्रम चल्ने र पानी पर्ने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित समय ०८:४४ बजे

















