गृहपृष्ठ डा. केसीको समर्थनमा दाङमा पनि प्रदर्शन

डा. केसीको समर्थनमा दाङमा पनि प्रदर्शन

dr-kc-newskarobar

चिकित्सा शिक्षा सुधारको मागसहित अनसनरत डा. गोविन्द केसीको समर्थनमा दाङमा पनि प्रदर्शन भएको छ । जुम्ला पुगेर १६ दिनदेखि आमरण अनसनमा रहेका डा. केसीको स्वास्थ्य नाजुक बन्दै गइरहेको अवस्थामा उनको समर्थनमा दाङबासीले प्रदर्शन गरेका हुन् ।

काठमाडौंको माइतिघरमा दिनहुँ डा. केसीको पक्षमा प्रदर्शन भइरहेको छ भने जुम्लामा समेत उनको पक्षमा प्रदर्शन भएको छ । प्रदर्शनकारीले सरकार केसीको मागप्रति गम्भीर नभएको भनी आरोप लगाएका छन् । तर शिक्षा मन्त्रालयले विज्ञप्ति प्रकाशित गरी चिकित्सा शिक्षा सुधारमा सरकार गम्भिर रहेको बताएको छ ।

डा. केसीको अनसन लम्बिदै जाँदा उनका समर्थकहरु पनि बढ्दै गएका छन् । आइतबार गोविन्द केसीको पक्षमा सरकारलाई दबाब दिन दाङका युवाहरु प्रदर्शनमा उत्रिए ।

दंगाली युवाहरुले आइतबार जिल्ला प्रशासन कार्यालयमा धर्नासँगै रचना बाचन गर्दै प्रदर्शन गरेका थिए । त्यस्तै दाङकै तुलसीपुरमा पनि डा. केसीको पक्षमा युवाहरुले प्रदर्शन गरे ।

प्रकाशित समय २०:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु