गृहपृष्ठ कैलालीका किसानहरु आन्दोलित

कैलालीका किसानहरु आन्दोलित

kailali-newskarobar

 

कैलालीमा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र स्थापना गर्न माग गर्दै किसान आन्दोलित भएका छन् । संघीय सरकारले कैलाली जिल्लालाई छुटाएर पशुसेवा विज्ञ केन्द्र स्थापनाको लागि प्रस्ताव गरेकोले उनीहरू आन्दोलित भएका हुन् ।

किसानहरूले आइतबार प्रदेश ७ को अस्थायी राजधानी धनगढीमा विरोध र्यालीसमेत निकालेका छन् । संघीय सरकारले ७ नम्बर प्रदेशमा ५ वटा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र स्थापना गर्ने प्रस्ताव गरेको छ । सोही प्रस्ताव अनुसार बाजुरा, बझाङ्ग, बैतडी, डडेल्धुरा र कञ्चनपुरमा पशुसेवा विज्ञ केन्द्र स्थापना हुने छन् ।

सरकारले संघीय संरचना अनुसार जिल्ला सरकारी कार्यालय खारेज गर्दै कार्यालयको विस्तार गरेको हो । तर कैलालीका किसानले संघीय सरकारले हचुवाको भरमा पशुसेवा विज्ञ केन्द्र स्थापनाको लागि प्रस्ताव गरेको आरोप लगाएका छन् ।

७ नम्बर प्रदेशको ६० प्रतिशत भन्दा बढी कृषी/पशुपंछी जन्य उत्पादन कैलालीमा मात्र हुन्छ । यस्तो ठाउँलाई पशुसेवा विज्ञ केन्द्र स्थापना गर्न सरकारले प्रस्ताव नगर्नु विडम्बना भएको किसानले बताएका छन् । उनीहरूले कैलालीमा पशु विज्ञ केन्द्र स्थापना नगर्दा सम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।

प्रकाशित समय १८:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु